भौतिकका इञ्जिनियर १४० दिनदेखि वेपत्ता

यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर १४० दिनदेखि गायब भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोजी तिव्र पारेको छ ।
यातायात व्यवस्था विभागमा कार्यरत नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर २४५६८२ रहेका पञ्जियार चार महिनादेखि सम्पर्कविहिन रहेका कारण उनलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

बिज्ञापन

गत मंसिरदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर तीस दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । अन्यथा, भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।

बिज्ञापन

‘तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सूचनामा भनिएको छ, ‘सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र यस मन्त्रालयसमक्ष आफ्नो स्पष्टीकरण पेश गर्न सूचित गरिन्छ ।’

सिभिल इञ्जिनियर पंजियार साढे तीन महिनादेखि गैरहाजिर रहेको मन्त्रालयले जनाएको छ । गत मंसिर १२ गतेदेखि पुस १ गतेसम्म बिदा स्वीकृत गराएका उनी पुस ४ गते विभागमा हाजिर हुनुपर्नेमा बिना सूचना अनुपस्थित रहेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलमानलाई सर्वाेच्चको धक्का,विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य पुनर्स्थापित

पौडेल सचिवमा बढुवा

सापकोटा सचिवमा बढुवा

‘दिनैदिनै हाकिम पठाइदिनुहोस्’:- पाख्रीबास मेयरको व्यंग्यात्मक चिठी

सरल भईकन सरस राजेन्द्र गोपालका कविताहरू

४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

बिशेष