भौतिकका इञ्जिनियर १४० दिनदेखि वेपत्ता

यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर १४० दिनदेखि गायब भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोजी तिव्र पारेको छ ।
यातायात व्यवस्था विभागमा कार्यरत नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर २४५६८२ रहेका पञ्जियार चार महिनादेखि सम्पर्कविहिन रहेका कारण उनलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

बिज्ञापन

गत मंसिरदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर तीस दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । अन्यथा, भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।

बिज्ञापन

‘तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सूचनामा भनिएको छ, ‘सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र यस मन्त्रालयसमक्ष आफ्नो स्पष्टीकरण पेश गर्न सूचित गरिन्छ ।’

सिभिल इञ्जिनियर पंजियार साढे तीन महिनादेखि गैरहाजिर रहेको मन्त्रालयले जनाएको छ । गत मंसिर १२ गतेदेखि पुस १ गतेसम्म बिदा स्वीकृत गराएका उनी पुस ४ गते विभागमा हाजिर हुनुपर्नेमा बिना सूचना अनुपस्थित रहेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष