कान्छो कर्मचारी संगठनमै ठूलो कलह

अहिले देशभरका सिनेमा हलमा प्रदीप भट्टराई निर्देशित महाजात्रा चलिरहेको छ । उक्त जात्रालाई माथ खुवाउने गरी जात्रा चलिरहेको छ, कर्मचारीहरूको कान्छो संगठनमा । उसै त एमालेसँग फुटेर सानो भएको कर्मचारी संगठन । विद्रोहपछि एकढिक्का भएर लड्नुपर्नेमा पद र कुर्सीका लागि जुहारी शुरु भएको छ । दुई वर्षअघि मात्र गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पतीको घरझगडाझैँ झगडा उत्कर्षमा छ । आन्तरिक रूपमा, पार्टीबाटै विवाद समाधानका लागि पहल नभएपछि एउटा खेमा अदालतसम्म पुगेको छ । उच्च अदालत पाटनले एकीकृत सरकारी कर्मचारी संगठनको घर झगडामा दुबै पक्षलाई २५ चैत्रमा छलफलका लागि डाकेको छ । शरण गुरुङले दायर गरेको रिटमा निवेदकको तर्फबाट रमण श्रेष्ठ र चन्द्रप्रसाद गुरागाईले गरेको बहस सुनेसँगै राज्यलक्ष्मी बज्राचार्यको इजलासले २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

बिज्ञापन

यसरी निजामती कर्मचारी संगठनमा कलहको मुख्य जड बनेका छन् यामबहादुर खत्री । संस्थापक मोहन घिमिरेको समूहले अध्यक्षका प्रवल दावेदार माधव नेपालका भाञ्जी–ज्वाइँ शरण गुरुङलाई माइनस गर्दै खत्रीलाई बोकेपछि घरझगडा अदालतसम्म पुगेको हो । संस्थापक अध्यक्ष मोहन घिमिरे, २४ घ बाट उपसचिवमा उक्लिए । कर्मचारी नेता भएकै नाताले १९ महिनादेखि सामान्य प्रशासनमा हाजिर गर्छन् । घिमिरेझैँ गगनसिंह विष्ट पनि पानी बढुवामा उपसचिव भएका हुन् । टे«ड युनियनको अधिकार अधिकृतसम्म हो, उपसचिवलाई त्यस्तो सुविधा छैन । त्यही कारण मोहन र गगनहरू संगठनबाट बाहिरिए र यामबहादुरलाई अध्यक्ष बनाउन खोजे । सिनियारिटीका आधारमा गुरुङ अध्यक्षका प्रवल दावेदार हुन् भनिन्छ । गत वर्षको फागुन २६ र २७ गते खरिपाटी भेलाले संगठनको अध्यक्ष गगन र सहअध्यक्षमा शरणलाई चयन गरेको थियो । तर, शरणलाई पेशागत महासंघमा थन्क्याएर यामबहादुर खत्रीलाई अध्यक्ष बनाउने थाहा पाएपछि शरणले पेशागत छाडे र कर्मचारी संगठनकै अध्यक्ष पाउनुपर्ने अडान लिइरहे ।

बिज्ञापन

उनी ७३ जना पदाधिकारीको हस्ताक्षर बोकेर अध्यक्ष माधव नेपालदेखि महासचिवकहाँ पनि पुगे तर न्याय नपाएपछि अदालत गए । शरणलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा मधेश प्रदेश कार्यसमितिका अध्यक्ष तुलाकृष्ण गोइत, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष गोरबहादुर बूढा र गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष सोमलाल तिवारीहरू छन् । उनीहरूले गुरुङको पक्षमा विज्ञप्तिवाजी नै गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

भ्रष्टाचारमा मुछिए भाइकाजी

जेन्जीको नाममा ‘आतंक’ मच्चाउने गणेश घिमिरे गाउँपालिका सरुवा

स्वास्थ्यमा धमाधम काज फिर्ता, फेरिए तीन महाशाखा प्रमुख

दुबईमा ५ महिनादेखि श्रम सहचारी खाली : सचिव काफ्लेले फाइल ‘लुकाए’, हजारौं श्रमिक मर्कामा

मन्त्रीको सचिवालयमा भित्रिए मालपोत प्रमुख,लगनखेल हाक्ने जिम्मा नेपालीलाई

कर्मचारीको उमेर हद ५५ बनाउन लागिएको हो ? सामान्य,कानुन,अर्थका अधिकारीको जबाफ ‘मिडिया ट्याल भइराछ’

२३ उपसचिवको सरुवा,१४ लाई पठाइयो नगरपालिका

बिशेष