यी हुन सचिव बन्ने लाइनमा रहेका ३२ सहसचिवहरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै ।िरक्त हुन पुगेको एक सचिव पदका लागि तीन सहसचिवबीच प्रतिष्प्रर्धा चल्दैछ ।

बिज्ञापन

बढुवा सिफारिस समितिले केवल भण्डारीले राजीनामा दिएसँगै रिक्त हुन पुगेको पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस हो ।

डा लम्साल सुदूर पश्चिम प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् भने शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिव र पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।
अब सचिव बढुवाका लाइनमा रहेका सहसचिवहरुमा  गोविन्द वहादुर कार्की, माहादेव पन्थ,रघुराम विष्ट,वावुराम अधिकारीहरु रहेका छन् । यस्तै मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल,हालैमात्र आन्तरिक राजश्व विभागबाट वनतिर पुर्याइएका भुपाल वराल, डण्डुराज घिमिरेहरु पनि सचिव उक्लने लाइनमा छन् ।
यस्तै शिक्षासेवाका  खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठहरु पनि सचिव बन्ने लाइनका सहसचिवहरु हुन ।

बिज्ञापन

राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवरका अलवा निलम्बनमा परेका र फुकुवा भएका रूद्रसिंह तामांग पनि सचिवमा उक्लनेछन् । यस्का अलवा कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

बिशेष