यी हुन सचिव बन्ने लाइनमा रहेका ३२ सहसचिवहरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै ।िरक्त हुन पुगेको एक सचिव पदका लागि तीन सहसचिवबीच प्रतिष्प्रर्धा चल्दैछ ।

बिज्ञापन

बढुवा सिफारिस समितिले केवल भण्डारीले राजीनामा दिएसँगै रिक्त हुन पुगेको पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस हो ।

डा लम्साल सुदूर पश्चिम प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् भने शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिव र पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।
अब सचिव बढुवाका लाइनमा रहेका सहसचिवहरुमा  गोविन्द वहादुर कार्की, माहादेव पन्थ,रघुराम विष्ट,वावुराम अधिकारीहरु रहेका छन् । यस्तै मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल,हालैमात्र आन्तरिक राजश्व विभागबाट वनतिर पुर्याइएका भुपाल वराल, डण्डुराज घिमिरेहरु पनि सचिव उक्लने लाइनमा छन् ।
यस्तै शिक्षासेवाका  खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठहरु पनि सचिव बन्ने लाइनका सहसचिवहरु हुन ।

बिज्ञापन

राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवरका अलवा निलम्बनमा परेका र फुकुवा भएका रूद्रसिंह तामांग पनि सचिवमा उक्लनेछन् । यस्का अलवा कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष