प्रमुख भन्सार अधिकृतसहित ४ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा  सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गर्दै सापकोटासहित देव इन्टरनेशनल प्रालि, प्रालिका सञ्चालकहरू शेरबहादुर बस्नेत र भन्सार एजेन्ट प्रतिनिधि सरनकुमार खरेलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीहरू चीनबाट आयात गरेको सामानको प्रज्ञापनपत्र नम्बर ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो । तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटाले विराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको सामानको जाचपाँस गर्ने क्रममा अनियमितता गरेका आयोगको दाबी छ । उनीहरूले न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानून बमोजिम लिनुपर्ने राजस्व रकम समेत नलिई तथा छोड्ने कोशिश गरेका थिए ।

बिज्ञापन

भन्सार विभाग र अर्थ मन्त्रालयबाट लगातार फलोअप भएको तथा छानबिन समिति गठन गरेपश्चात प्रतिवादी तारा प्रसाद सापकोटा समेतको उपस्थितिमा मिति २०७९ माघ १० गतेको नयाँ प्रज्ञापनपत्र नम्बर ४०५७ दर्ता गरेका थिए ।

सुरु घोषणा गरेको रकम ७३ हजार ४३२ अमेरिकन डलरमा ८६ हजार ६९९ डलर थप गरी गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने जम्मा १ लाख ६० हजार ३४१ डलर मूल्य राजस्व लाग्ने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अस्ति राजीनामा,आज भ्रष्ट्राचार मुद्धा,बढुवाको मुखैमा निलम्बनमा परे काफ्ले

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नर्सका माग सम्बोधन गर्न अतिरिक्त सचिवको संयोजकत्वमा १४ सदस्यीय समिति,तीन बुँदे टिओआर

शहरी विकास मन्त्रालयको ६१ अर्ब बजेट कटौती

नापी प्रमुखहरुको सरुवाको तयारी,यस्तो छ ४४ उपसचिवहरुको पृष्टभूमि

थप २५ वटा रुग्ण सडकका ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

बूढीगंगाले एकै पटक हटायो करार र अस्थायी सेवाका १२० कर्मचारी

जेन–जी आन्दोलनका शहीद परिवारलाई नेपाल आयल निगमको रोजगारी सहयोग, दुई लाख ७० हजार आर्थिक सहयोग

बिशेष