पाँच सहसचिवको सरुवा,भुपाल वराल अर्थबाटै आउट

सरकारले पाँच सहसचिवको सरुवा गरेको छ । सरुवामा परेकामा भुपाल वराल,ढुण्डी प्रसाद निरौला, शिव लाल तिवारी,नारायण प्रसाद सापकोटा र अर्जुन प्रसाद भट्टराई रहेका छन् ।

बिज्ञापन

दुई महिना अगाडिमात्र आन्तरिक राजश्व विभागको महानिर्देशक बन्न पुगेका भुपाल बराललाई अर्थबाट हटाएर वन तथा वातावरणतिर पुर्याइएको छ । बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ भने त्यहाँका सहसचिवको शिवलाल तिवारी,हाल नाथमका कार्यकारी निर्देशकको कुर्सीमा रहेका ढुण्डी निरौला र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका नारायण प्रसाद सापकोटा अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

अर्थमन्त्री बर्षमान पुनले आफ्नो कोर टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । जसमा सचिव कृष्णहरि पुष्करलाई हटाएर राजश्व सचिवलाई अर्थ सचिव बनाउन खोजिएको चर्चा अर्थ मन्त्रालयमा हुन थालेको छ । अर्थमा रहेका आधा दर्जन सह सचिवहरु मन्त्री पुनले परिवर्तन गर्न खोजिरहेको चर्चा चल्न थालेको छ । अर्थमा भित्रिएका तीन सहसचिवहरुलाई कहाँ कहाँ जिम्मेवारी दिने भन्ने बिषय आज वा भोलिभित्रैमा टुंग्याइने अर्थ मन्त्रालयले जनाएको छ ।

ढुण्डी निरौलालाई सम्भवत आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएर खटाउने अर्थमन्त्री बर्षमान पुनको तयारी छ । वनबाट अर्थमा भित्रिएका शिवलाल र लामो समय प्रधानमन्त्री कार्यालयको जगेडामा थन्किएका नारायण सापकोटाले पनि अहिले न्याय पाउने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

जनताको दुःख र चुनावी नैतिकता     

लाइसेन्समा छानिँदा छताछुल्ल : मेडिकल कलेजले उत्पादन गरेका १० मध्ये ६ ‘अयोग्य’

सर्बिकाका तीन मुक्तक

भ्रष्टचारबाट आर्जित सम्पत्तिमा प्रशासककै रजाई,जफत गर्न जेनजी सरकार असफल

छानीछानी मुद्दा मिलाउँदै मालपानी

वातावरण निरीक्षकको विवरण उपलव्ध गराइदिन सामान्यद्धारा पत्राचार

बिशेष