पाँच सहसचिवको सरुवा,भुपाल वराल अर्थबाटै आउट

सरकारले पाँच सहसचिवको सरुवा गरेको छ । सरुवामा परेकामा भुपाल वराल,ढुण्डी प्रसाद निरौला, शिव लाल तिवारी,नारायण प्रसाद सापकोटा र अर्जुन प्रसाद भट्टराई रहेका छन् ।

बिज्ञापन

दुई महिना अगाडिमात्र आन्तरिक राजश्व विभागको महानिर्देशक बन्न पुगेका भुपाल बराललाई अर्थबाट हटाएर वन तथा वातावरणतिर पुर्याइएको छ । बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ भने त्यहाँका सहसचिवको शिवलाल तिवारी,हाल नाथमका कार्यकारी निर्देशकको कुर्सीमा रहेका ढुण्डी निरौला र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका नारायण प्रसाद सापकोटा अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

अर्थमन्त्री बर्षमान पुनले आफ्नो कोर टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । जसमा सचिव कृष्णहरि पुष्करलाई हटाएर राजश्व सचिवलाई अर्थ सचिव बनाउन खोजिएको चर्चा अर्थ मन्त्रालयमा हुन थालेको छ । अर्थमा रहेका आधा दर्जन सह सचिवहरु मन्त्री पुनले परिवर्तन गर्न खोजिरहेको चर्चा चल्न थालेको छ । अर्थमा भित्रिएका तीन सहसचिवहरुलाई कहाँ कहाँ जिम्मेवारी दिने भन्ने बिषय आज वा भोलिभित्रैमा टुंग्याइने अर्थ मन्त्रालयले जनाएको छ ।

ढुण्डी निरौलालाई सम्भवत आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएर खटाउने अर्थमन्त्री बर्षमान पुनको तयारी छ । वनबाट अर्थमा भित्रिएका शिवलाल र लामो समय प्रधानमन्त्री कार्यालयको जगेडामा थन्किएका नारायण सापकोटाले पनि अहिले न्याय पाउने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष