इजाजत नलिई व्यवसाय गर्नेहरु बीमा प्राधिकरणको फन्दामा पर्ने

इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्नेहरु नेपाल बीमा प्राधिकरणको फन्दामा पर्ने भएका छन्।

बिज्ञापन

नेपाल बीमा प्राधिकरणले आज एक सूचना सार्वजनिक चेतावनी दिएको हो। बीमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजतपत्र नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन पाइँदैन।

बिज्ञापन

नियमविपरीत हुने गरी विभिन्न संघ तथा संस्थाबाट बीमा व्यवसायसम्बन्धी कारोबार, व्यवसाय, व्यापार गरेको गुनासो तथा जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ। ‘प्राधिकरणबाट इजाजतप्राप्त बीमकबाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमासम्बन्धी कारोबार वा बीमा व्यवसाय नगर्न नगराउन तथा गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिने सम्बन्धित सबैको जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष