इजाजत नलिई व्यवसाय गर्नेहरु बीमा प्राधिकरणको फन्दामा पर्ने

इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्नेहरु नेपाल बीमा प्राधिकरणको फन्दामा पर्ने भएका छन्।

बिज्ञापन

नेपाल बीमा प्राधिकरणले आज एक सूचना सार्वजनिक चेतावनी दिएको हो। बीमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजतपत्र नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन पाइँदैन।

बिज्ञापन

नियमविपरीत हुने गरी विभिन्न संघ तथा संस्थाबाट बीमा व्यवसायसम्बन्धी कारोबार, व्यवसाय, व्यापार गरेको गुनासो तथा जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ। ‘प्राधिकरणबाट इजाजतप्राप्त बीमकबाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमासम्बन्धी कारोबार वा बीमा व्यवसाय नगर्न नगराउन तथा गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिने सम्बन्धित सबैको जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डविपरीत, शुल्क अशुलीमा चरम लापरवाही

संङ्घीय निजामती सेवा ऐन:ओझेलमा वास्तविक समस्या

मेरो बसन्त हराएको छ

विवादका कारण रोकियो निजामती विद्येयक

पतञ्जलीको मुख्य पात्रको अर्काे पनि अपराध

अभिलेखमै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वाम,इञ्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष