मन्त्रिपरिषद्को पुर्नगठनसँगै केही सचिवहरु फेरि भकुण्डो बन्ने भएका छन् । प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गरेको दोश्रो साता नै गृहका सचिव परिवर्तन भएका थिए । आज पुर्नगठित मन्त्रिपरिषद्को चौथो बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकिएको बैठकले अन्य निर्णयका साथै केही सचिवहरु समेत परिवर्तन गर्ने तयारी भइरहेको छ । आज बसेको क्याविनेट बैठकले झण्डै आधा दर्जन सचिव भकुण्डो बन्दै छन् ।
बिज्ञापन
सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएपछि फेरि पनि सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ । सरकारले आजैको क्याबिनेट बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करसहितलाई जिम्मेवारीबाट हटाउन लागेको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । पुष्करलाई गत असोज ४ गतेदेखि अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । बीचमा केही समय उक्त जिम्मेवारीमा नरहेका उनलाई अघिल्लो सरकारले सोही अर्थ सचिवमा सरुवा गरेर ल्याएको हो ।
बिज्ञापन
यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । सचिवमा गृहतिर एकनारायण अर्याललाई ल्याइएपछि पुष्करलाई हटाइएको ब्युरोक्रेसीतर्फको यो दोश्रो ठूलो हेरफेर हो । आजको क्याविनेट बैठकले संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, उद्योग, खानेपानी,नेपाल ट्रष्ट लगायतका निकायमा कार्यरत सचिवहरूको सरुवा हुन सक्ने बताइएको छ ।
माओवादी निकटका सचिवका रुपमा चिनिएका कृष्ण राउत र रामकृष्ण सुवेदी हुन । सुवेदीले अर्थ ताकिरहेको भए पनि उनलाई सञ्चारबाट चलाइने सम्भवना कम छ भनिन्छ । यस्तोमा अर्जुन पोखरेल वा रामप्रसाद घिमिरेमध्ये एक अर्थ सचिव बन्न सक्ने चर्चा पनि चल्दैछ,सिंहदरबारतिर । अर्थ स्रोतका अनुसार, अर्थमन्त्री पुनले बजेट निर्माणको मुखमा सहसचिवको सेटै परिवर्तन गर्न खोज्दैछन् ।
यस अघि बाग्मती प्रदेशबाट उद्योगमा फड्को हानेका मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मादेखि भूमि सचिव गोकर्णमणि दुवाडीहरु समेत सरुवामा पर्न सक्ने बताइँदैछ । यस्तै हिट लिष्टमा रहेका अर्को सचिव छन्,डा सुरेश आचार्य उनी कुटनीतिक राहदानी दुरुपयोग प्रकरणमा मुछिएर बदनामी खेप्दैछन् । उद्योग,खानेपानी,भूमि,रक्षा लगायतका मन्त्रालय नै एमालेसँग छ र संयोग यी चारवटै मन्त्रालयको प्रशासनिक नेतृत्व काँग्रेससँग निकट रहेका प्रशासकहरुले गरिरहेका छन् । यी चारै सचिवहरु परिवर्तन हुने सम्भवना रहेको बताइँदैछ ।
बिज्ञापन
उक्त श्रोतका अनुसार सुरेश अचार्यलाई यस अघि नै बसिसकेको नेपाल ट्रष्टमा लैजाने गरि छलफल चलिरहेको छ । यस्तै सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी समेत सामान्य सचिव विनोद सिंह विकल्प खोज्न थालेका छन् । त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय सामान्यमा भित्रने चर्चा चल्दैछ ।