स्थानीय तहमा कर्मचारी समायोजनप्रति मन्त्रीको असन्तृष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विगतमा स्थानीय तहमा भएको कर्मचारी खटछनपटनप्रति असन्तृष्टि पोखेका छन् । मुलुक संघीयता प्रवेश गरेपछि तत्कालीन मन्त्री लालबाबु यादवको समयमा ०७६ चैतमा कर्मचारी समायोजन पूरा भएको घोषणा गरिएको थियो । त्यतिखेर मन्त्रालयले स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरेको जनाएको थियो । यस्तै प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तर यसरी गरिएको समायोजनप्रति मन्त्री जोशीले खुलेरै असन्तृष्टि पोखेका हुन ।

बिज्ञापन

संघका कर्मचारीले चाहेमा स्थानीय संघ र प्रदेश जता पनि घुमिराख्न मिल्ने तर स्थानीय तहमा समायोजन भएका कर्मचारी कतै जान नपाउने परिस्थितिप्रति मन्त्री जोशीले असन्तृष्टि पोखेका हुन । उनले भने,लोक सेवाबाट आएका कर्मचारीलाई एउटै डालोमा राखेर पठाएको भए राम्रो हुन्थ्यो । संघ, स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीले विभेद महसुस गरिरहेका छन् ।

बिज्ञापन

मन्त्री जोशीले अहिले संघले स्थानीय तहमा पठाएका ४६ सय कर्मचारी यता न उताको अवस्थामा रहेको बताए । कामकाजमा खटाउने नीतिबाट सरुवा भएका कर्मचारीलाई पुरानो ठाउँमा फर्कन नदिने र नयाँ ठाउँमा यी त हाम्रा कर्मचारी होइन भन्ने परिस्थिति बनेको उनले बताए । २०७५ मा समायोजन ऐन जारी भएपछि पनि कतिपय एउटा पालिकाबाट अर्कोमा सरुवा गरेको प्रसंग जोड्दै मन्त्री जोशीले मन्त्रालयमा लथालिंग अवस्था सिर्जना भएको बताए ।

प्रशासनिक संघीयता कार्यान्वयनसम्बन्धी कार्यक्रममा मन्त्री जोशीले विगतमा मन्त्रालयले गरेको काम प्रति असन्तृष्टी पोखेका हुन ।कर्मचारी समायोजन, लोक सेवा पास गरेर आएका कर्मचारीलाई कामकाजमा खटाउने नीति र प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयले आफ्नो मन्त्रालयको अवस्था लथालिंग रहेको उनले बताए ।उनले हालै सदनमा पुगेको संघीय निजामती विद्येयकप्रति समेत असन्तृष्टी पोखेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष