स्थानीय तहमा कर्मचारी समायोजनप्रति मन्त्रीको असन्तृष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विगतमा स्थानीय तहमा भएको कर्मचारी खटछनपटनप्रति असन्तृष्टि पोखेका छन् । मुलुक संघीयता प्रवेश गरेपछि तत्कालीन मन्त्री लालबाबु यादवको समयमा ०७६ चैतमा कर्मचारी समायोजन पूरा भएको घोषणा गरिएको थियो । त्यतिखेर मन्त्रालयले स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरेको जनाएको थियो । यस्तै प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तर यसरी गरिएको समायोजनप्रति मन्त्री जोशीले खुलेरै असन्तृष्टि पोखेका हुन ।

बिज्ञापन

संघका कर्मचारीले चाहेमा स्थानीय संघ र प्रदेश जता पनि घुमिराख्न मिल्ने तर स्थानीय तहमा समायोजन भएका कर्मचारी कतै जान नपाउने परिस्थितिप्रति मन्त्री जोशीले असन्तृष्टि पोखेका हुन । उनले भने,लोक सेवाबाट आएका कर्मचारीलाई एउटै डालोमा राखेर पठाएको भए राम्रो हुन्थ्यो । संघ, स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीले विभेद महसुस गरिरहेका छन् ।

बिज्ञापन

मन्त्री जोशीले अहिले संघले स्थानीय तहमा पठाएका ४६ सय कर्मचारी यता न उताको अवस्थामा रहेको बताए । कामकाजमा खटाउने नीतिबाट सरुवा भएका कर्मचारीलाई पुरानो ठाउँमा फर्कन नदिने र नयाँ ठाउँमा यी त हाम्रा कर्मचारी होइन भन्ने परिस्थिति बनेको उनले बताए । २०७५ मा समायोजन ऐन जारी भएपछि पनि कतिपय एउटा पालिकाबाट अर्कोमा सरुवा गरेको प्रसंग जोड्दै मन्त्री जोशीले मन्त्रालयमा लथालिंग अवस्था सिर्जना भएको बताए ।

प्रशासनिक संघीयता कार्यान्वयनसम्बन्धी कार्यक्रममा मन्त्री जोशीले विगतमा मन्त्रालयले गरेको काम प्रति असन्तृष्टी पोखेका हुन ।कर्मचारी समायोजन, लोक सेवा पास गरेर आएका कर्मचारीलाई कामकाजमा खटाउने नीति र प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयले आफ्नो मन्त्रालयको अवस्था लथालिंग रहेको उनले बताए ।उनले हालै सदनमा पुगेको संघीय निजामती विद्येयकप्रति समेत असन्तृष्टी पोखेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यागमन विभाग र विमानस्थलमा नयाँ नेतृत्व, पाँच सहसचिवको सरुवा

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

सेवन्तकले लिए शपथ

राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

बिशेष