सहसचिव र उपसचिवसहित गृहका २२ कर्मचारीहरुको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले एकै पटक २२ कर्मचारीहरुको सरुवा गरेको छ । गृहले सह सचिव र उपसचिव गरी २२ जना कर्मचारीहरुको सरुवा गरेको हो । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी,विभागका महानिर्देशकहरु सरुवामा परेका छन् ।

बिज्ञापन

गृहले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ । केही अघिमात्र त्यहाँका महानिर्देशक रुद्रमान सिंह तमाङ मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार काण्ड लागेर निलम्बनमा परेसँगै त्यहाँ निरौलालाई खटाइएको हो ।

बिज्ञापन

यस्तै गृहले प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेर त्यहाँ नरबहादुर थापालाई खटाएको छ । गृहले सहसचिव र उपसचिव गरी २२ कर्मचारीहरुको सरुवा गरेको हो । जसमा केही जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

यस्तै गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् । यस्तै हालैमात्र उपसचिवबाट बढूवा भएका रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

बिज्ञापन

 

Saruwa_2080_12_06(1)

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बिशेष