हाकिमको खानेबानी :- नक्कली बिल बनाइ १४ लाख भुक्तानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाई आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा एकै पटक सात जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएकोले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कार्यालयका प्रमुख तथा इन्जिनियरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मुगुको सोरु गाउँपालिका ९ को साविक कालै गाविस वडा नम्बर २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माणमा अनियमितता भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेले आरसीसी क्यानल लाइनिङ वर्कस, पाइपलाइन वर्कसको १४ लाख १७ हजार ९३५ रुपैयाँ बराबरको कार्य सम्पन्न नगरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ । त्यसैगरी तत्कालीन कार्यालयका इन्जिनियर महेशसिंह कठायत, सब इन्जिनियर भिम बहादुर रोकाया, असिस्टेन्ट सबइन्जिनियर सर्जन शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

साथै, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पुर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।अख्तियारले पाण्डेविरुद्ध १४ लाख १७ हजार ९३५ रुपैयाँ, कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपैयाँ, सबइन्जिनियर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६, शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपैयाँ बिगो माग गरेको छ । यस्तै सिँचाइ उपभोक्ता समितिका पदाधिकारीहरुले भने सम्झौता र इस्टिमेट बमोजिम काम नगरेको पाइएको बताएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष