हाकिमको खानेबानी :- नक्कली बिल बनाइ १४ लाख भुक्तानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाई आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा एकै पटक सात जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएकोले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कार्यालयका प्रमुख तथा इन्जिनियरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मुगुको सोरु गाउँपालिका ९ को साविक कालै गाविस वडा नम्बर २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माणमा अनियमितता भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेले आरसीसी क्यानल लाइनिङ वर्कस, पाइपलाइन वर्कसको १४ लाख १७ हजार ९३५ रुपैयाँ बराबरको कार्य सम्पन्न नगरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ । त्यसैगरी तत्कालीन कार्यालयका इन्जिनियर महेशसिंह कठायत, सब इन्जिनियर भिम बहादुर रोकाया, असिस्टेन्ट सबइन्जिनियर सर्जन शाहीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

साथै, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पुर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।अख्तियारले पाण्डेविरुद्ध १४ लाख १७ हजार ९३५ रुपैयाँ, कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपैयाँ, सबइन्जिनियर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६, शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपैयाँ बिगो माग गरेको छ । यस्तै सिँचाइ उपभोक्ता समितिका पदाधिकारीहरुले भने सम्झौता र इस्टिमेट बमोजिम काम नगरेको पाइएको बताएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष