फेरि भकुण्डो बन्न लागे सचिवहरू

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएपछि फेरि पनि सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ ।

बिज्ञापन

मन्त्रिपरिषदले पूर्णत पाएलगतै दुई सचिव यता उता भएका छन् । पुर्नगठित प्रचण्ड सरकारको दोश्रो क्याविनेट बैठकले काविल प्रशासकका रुपमा चिनिएका एकनारायण अर्याललाई गृहमा भित्र्याएर त्यहाँका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।  सामान्य प्रशासनबाट अर्थ मन्त्रालयमा दोहोरिने सौभाग्य पाएका कृष्णहरि पुष्कर अर्थमन्त्रीको रेड जोनमा छन् । उनीमात्र होइन अर्थका आधा दर्जन सह सचिवहरु समेत त्यहाँबाट बाहिरिने हिट लिष्टमा छन् । माओवादी निकटका सचिवका रुपमा चिनिएका कृष्ण राउत र रामकृष्ण सुवेदी हुन । सुवेदीले अर्थ ताकिरहेको भए पनि उनलाई सञ्चारबाट चलाइने सम्भवना कम छ भनिन्छ । यस्तोमा अर्जुन पोखरेल पुन अर्थ सचिव बन्न सक्ने चर्चा पनि चल्दैछ,सिंहदरबारतिर । अर्थ स्रोतका अनुसार, अर्थमन्त्री पुनले बजेट निर्माणको मुखमा सहसचिवको सेटै परिवर्तन गर्न खोज्दैछन् ।

बिज्ञापन

यस अघि बाग्मती प्रदेशबाट उद्योगमा फड्को हानेका मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मादेखि भूमि सचिव गोकर्णमणि दुवाडीहरु समेत सरुवामा पर्न सक्ने बताइँदैछ । यस्तै हिट लिष्टमा रहेका अर्काे सचिव छन्,डा सुरेश आचार्य उनी कुटनीतिक राहदानी दुरुपयोग प्रकरणमा मुछिएर बदनामी खेप्दैछन् । उद्योग,खानेपानी,भूमि,रक्षा लगायतका मन्त्रालय नै एमालेसँग छ र संयोग यी चारवटै मन्त्रालयको प्रशासनिक नेतृत्व काँग्रेससँग निकट रहेका प्रशासकहरुले गरिरहेका छन् । यी चारै सचिवहरु परिवर्तन हुने सम्भवना रहेको बताइँदैछ ।

उक्त श्रोतका अनुसार सुरेश अचार्यलाई यस अघि नै बसिसकेको नेपाल ट्रष्टमा लैजाने गरि छलफल चलिरहेको छ । यस्तै सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी समेत सामान्य सचिव विनोद सिंह विकल्प खोज्न थालेका छन् । त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय सामान्यमा भित्रने चर्चा चल्दैछ ।

बिज्ञापन

उता जनसंख्या मन्त्रालय कार्यरत सचिव देवकुमारी गुरागाई सेवा हद लागेर घर फर्किएसँगै एकै पटक पाँच सचिव पद रिक्त हुन पुगेको छ । देवकुमारीको ठाउँमा शिक्षातिरका सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल र हाल गृहमा रहेका केदारनाथ शर्माबीच प्रतिष्प्रर्धा हुँदैछ । तर बढूवा गरेर कहाँ लगेर नियुक्ति दिने समस्या छ । कारण अहिले प्रधानमन्त्री कार्यालयको दरबन्दी काटेर तीन जनामात्र सचिव राख्ने भनिएको छ । त्यहाँ अहिले रहेका ७ सचिवमध्ये ४ जनालाई कहाँ लगेर थन्काउने टुंगो छैन । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्जुनप्रसाद पोखरेल,कानुन तर्फ लीलादेवी गडतौला,इन्जिनियरिङ्गतर्फ सरजुकुमार वैद्य,गणेशप्रसाद पाण्डेय र विशेष दरबन्दीमा खगेन्द्रप्रसाद नेपाल कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा तीन जना सचिव मात्र राख्ने निर्णय भएको छ तर प्रधानमन्त्री कार्यालयमा अहिले सात जना सचिवको यदी साच्चै ओएण्डएम इमान्दारितापूर्व कार्यान्वयन गर्ने हो भने त्यसको शुरुवात नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्नुपर्ने हुन्छ । अनि दरवन्दी नभइ सहसचिवलाइ सचिवमा बढूवा गर्न मिल्दैन न त बढुवा गरेर कायम मुकायम नै दिन मिल्छ । होइन भने अझै बांकी दुइ जना सचिव केवल भण्डारी र सुरेश अधिकारी अवकाश भएपछि मात्र आगामी वैशाखमा मात्र यी तीनमध्येबाट एक लाई सचिव बढूवा गर्नुपर्ने बताउँदैछन्,प्रशासकहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

बिशेष