शक्तिशालि सहसचिव :- खटाएको ठाउँमा जाँदैनन्,सरुवा भएको कार्यालयको खर्चमा उड्छन विदेश

 

बिज्ञापन

बिहान मन्त्रीलाई खादा,मालासहित बधाई दिन अर्थ मन्त्रालय पुगेका अटेरी सहसचिव बेलुकै जेनेभातिर उडेका छन्,त्यो पनि सरुवा भइसकेको कार्यालयको खर्चमा । यस्तोमा अख्तियार सिधै आकर्षित हुनुपर्ने हो तर पावरवाला सहसचिवलाई अख्तियारले केही लछार्न सक्दैन रहेछ ।

बिज्ञापन

अर्थका अधिकारीहरुलाई चक्मा खुवाउँदै विदेश हानिने सहसचिव हुन सेवन्तक पोखरेल,जो भन्सारका हाकिम शोभाकान्त पौडेलको साथ लागेर अस्ति सोमबार जेनेभा उडेका हुन । महिना दिन अगाडि नै भन्सार विभागबाट अर्थ हुँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा खटाइएका सेवन्तक खटाएको ठाउँमा जान इन्कार गर्दै आएका छन् । अर्थले पठाएको सरुवाको पत्र बीचबाटैबाट गायब पारेर उनी महिनौदेखि बिदा लिएर बसिरहेका छन् । अघिल्लो महिना सामान्य प्रशासनले २९ सहसचिवको सरुवाको सूची क्याविनेटमा पठाएको थियो तर प्रमाणीकरण भएर आउँदा सेबन्तक पोखरेलको नाम गायब बनाइको थियो । अर्थमन्त्री प्रकाशशरण महतले उनलाई भन्सार विभागको उपमहानिर्देशकबाट त्रिवि भन्सार कार्यालयमा खटाएका थिए तर महिना भन्दा बढी समय व्यतित भइसक्दा समेत उनी हाजिर हुन गएनन । बरु विदा लिएर बसेका छन् । त्रिवि भन्सार स्रोतका अनुसार सरुवाको चिठ्ठी नै त्यहाँ पुग्न पाएन,बीचबाटै पत्रै गायब बनाएको आरोप उनीमाथि लाग्दै आएको छ ।

यस अघि सेवन्तको कार्यरत रहेको भन्सार विभागको उपमहानिर्देकको कुर्सीमा टंकप्रसाद पाण्डेय हाजिर भइसकेका छन् । सेवन्तकलाई अर्थले भन्सारमा खटाएसँगै त्यहाँका हाकिम टोकराज पाण्डे अर्थमै फिर्ता भएर कर्मचारी प्रशासन सम्हालिरहेका छन् । जेनेभामा पाँच दिनसम्म चल्ने भन्सारसम्बन्धि नै कार्यक्रममा जानुपर्ने पात्र थिए,टंकप्रसाद । तर उनको भाग खोसेर,त्यहाँबाट सरुवा भइसकेका सेवन्तक जेनेभा उडेका हुन । शोभाकान्त र सेवन्तकहरु आगामी ५ चैत्रमा स्वदेश फर्कने कार्यक्रम छ । पोखरेल यसअघि उपसचिव भएकै बेला फागुन २०७७ सम्म वीरगञ्ज भन्सार कार्यालयमा २ वर्ष प्रमुख भन्सार प्रशासक चलाइसकेका हुन । यस अघि विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा पनि काम गरेका थिए ।

बिज्ञापन

२०७८ फागुनमा सहसचिवमा बढुवा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम गरेका पोखरेल विष्णु पौडेल अर्थमन्त्री भएलगत्तै अर्थ मन्त्रालयमै फर्कन सफल मात्र भएनन् । बजेट निर्माणका बेला उनी भन्सार विभागमा निमित्त महानिर्देशकको भूमिकामा थिए । विराटनगर भन्सार प्रमुख,वीरगञ्ज भन्सार अधिकृत हुँदै प्रमुख अधिकृत बनेर पूरा कार्यकाल बसेर कमाएका कर्मचारीको रुपमा अर्थभित्र चिनिन्छन् । त्यसपछि उनी कलकत्तास्थित बन्दरगाहमा बसे । कलकत्ता हुँदै यता सहसचिवमा पदोन्नति भएपछि फेरि भन्सार विभागमा फर्किएका उनी भन्सारमै रहँदा दरबन्दीमा कार्यरत ६८ जना कर्मचारीको काज सरुवा गरी दरबन्दी बेगरको कार्यालयमा पठाएर कुस्त आर्जन गरेको आरोप छ उनीमाथि । पोखरेल उपसचिव हुँदा अर्थमन्त्रालयका सय भन्दा बढी राजस्व समूहका कर्मचारीमध्ये राम्रो अवसर पाउनेमा पर्दछन् ।

यता, पछिल्लो समय अख्तियार,सिआइबीदेखि नियामक निकायको तारो बन्न थालेपछि त्रिवि भन्सारमा जाने कर्मचारीको खडेरी लाग्न थालेको छ । यही बीचमा भिजिट भिसा प्रकरणमा मुछिएका आठमध्ये सात जना कर्मचारीहरुले काठमाडौं जिल्ला अदालतमा जनही सात लाख धरौटी बुझाएर उन्मुक्ति पाएका छन् ।

उता, अर्थमन्त्री बर्षमान पुनले आफ्नो कोर टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । माघ १९ गतेमात्र आन्तरिक राजस्व विभागको जिम्मेवारी सम्हाल्न गएका भुपाल बराललाई फिर्ता ल्याउने र त्यहाँ वन विभागमा रहेका शिवलाल तिवारीलाई पठाउने गृहकार्य चल्दैछ । शिवलाल अफिसर हुँदा राजश्व,उपसचिव हुँदा लेखामा काम गरेका कर्मचारी हुन ।उसो त अबको केही महिना पछि नै भुपाल सचिव बढुवा हुँदैछन् । अर्थ मन्त्रालयको नेतृत्वको माओवादीको काँधमा आएसँगै माओवादी निकटका १८/१९ सहसचिवहरु मन्त्रालयका विभिन्न महाशाखा,विभाग ताक्दै शक्तिकेन्द्र धाइरहेका छन् । भुपाललाई फिर्ता ल्याएपछि त्यहाँ शिवलाल,ढुण्डी निरौलामध्ये एकलाई पठाउने गृहकार्य चल्दैछ ।

यस्तै भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेलको ठाउँमा यस अघि भन्सार विभागको नेतृत्व चलाइसकेका कमल भट्टराईलाई पठाउने गृहकार्य भइरहेको छ । यस अघि प्रकाशशरण महतको कोर टिममा रहेर काम गरेका उत्तरकुमार खत्री,महेश आचार्यहरु पनि रेड जोनमा छन् । बजेट महाशाखा हेर्दै आएका उत्तरकुमार खत्री ज्ञानेन्द्र कार्कीका दाहिने हात मानिन्छन् । सञ्चारमा ज्ञानेन्द्र हुँदा उनकै सहयोगीका रुपमा कार्यरत रहेका खत्री यस अघि बजेट महाशाखामा रहेर गडबडी गरेको बिषयमा अख्तियारले टंगालमै बोलाएर उनीसँग बयान लिइसकेको छ । यी बाहिरिएको खण्डमा त्यहाँ ढुण्डी निरौलादेखि रामप्रसाद आचार्यहरुलाई भित्र्याउने तयारी चल्दैछ । सहससचिवमात्र होइन निजामती प्रशासनमा फेरि सचिवहरु नै भकुण्डो बन्ने मौसम शुरु भएको छ । अर्थमा कृष्णहरिको ठाउँमा ल्याउने सचिव भेटिएको छैन ।माओवादी निकटका प्रशासकका रुपमा चिनिएका रामकृष्ण सुवेदी र कृष्ण राउतमात्र हुन । रामकृष्ण सञ्चारबाट अर्थ ताक्दैछन् तर प्रधानमन्त्री प्रचण्डले उनलाई सञ्चारमै अडाउन चाहिरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष