प्रचण्डको परिवारमोह : राष्ट्रियसभा अध्यक्षमा भाइ उम्मेदवार

राष्ट्रिय सभा अध्यक्ष चुन्न मंगलबार हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई प्रतिस्पर्धामा उतार्ने भएको हो ।

बिज्ञापन

पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । दाहालको कार्यकाल चार वर्षको रहेको छ ।

बिज्ञापन

 

२०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी थिए। दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए।

बिज्ञापन

यसअघि बसेको स्थायी कमिटी बैठकले दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाउने निर्णय गरेको थियो। तर उपमहासचिव जनार्दन शर्माले विरोध गरेपछि त्यो निर्णय सार्वजनिक नै भएन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

बिशेष