२९ सहसचिवको पदस्थापन :- प्रदेशमा १६,सिंहदरबारमै १३

सरकारले लामो रस्साकस्सी पछि २९ जना सहसचिवको पदस्थापन गरेको छ । महिनौं अघि उपसचिवबाट सहसचिवमा उक्लिएका उनीहरुको हिजो बल्ल पोष्टिङ टुंगिएको हो । मिमास अधिकारी र गोपाल कोइारालाहरुलाई अर्थमै राख्न खोज्दा लफडा भएर लम्बिएको भनिए पनि उनीहरु दुबैलाई प्रदेशको कार्यालयमा खटाइएको छ । सरुवाको सूची अनुसार २९ जनाको पदस्थापन र १४ सहसचिवहरु सरुवामा परेका छन् । सबैभन्दा बढी गृहमा १२ जना भित्रिएका छन् भने त्यहाँबाट २ जना बाहिरिएका छन् ।
सरुवाको सूची अनुसार,२९ सहसचिवको पदस्थापन गरिँदा शक्तिकेन्द्रहरुसँग निकटतम सम्बन्ध भएका सहसचिवहरुले सिंहदरबारकै कार्यालयमा पोष्टिङ पाएका छन्,यस्ता सहसचिवको संख्या १३ जना रहेको छ ।

बिज्ञापन

सरकारले ४३ सहसचिवहरुको सरुवा गर्दा १३ सहसचिवहरुले सिंहदरबार र वरपरकै निकायमा (गृह,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लोकसेवा आयोग,शहरी र सामान्य प्रशासन)मै पदस्थापनको अवसर पाएका छन् । शक्तिकेन्द्रहरुसँग नजिक भएका १३ सहसचिवहरुको पदस्थापन पाइँरहदा बाँकी १६ जनालाई प्रदेशतिर खटाइएको छ ।

बिज्ञापन

सरुवा हुँदा सबैभन्दा बढी गृहमा इन्ट्री मारेका छन् । सिधै गृहमा पदस्थापन पाउने सहसचिवहरुमा खिमबहादुर रायमाझी,नारायण ढकाल,नरबहादुर थापा,नारायण ढकाल,ध्रुब बहादुर खड्का,लामो समय सामान्य प्रशासनमा बसेका रामुराज कडरिया, ऋृषिराज आचार्य,सूर्यबहादुर खत्री लगायत रहेका छन् ।सिधै गृहमा प्रवेश पाएकाहरुमध्ये अधिकांशलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाउन लागिएको हो । अहिले सहसचिवको दरबन्दी रहेका केही जिल्ला उपसचिवले हाँकिरहेका छन् । सम्भवत ती जिल्लामा खटाइने छ गृह प्रवेश पाएका केही सहसचिवहरुलाई । यस्का अलवा रुद्रमान सिंह तमाङ मेलम्ची काण्ड लागेर निलम्बन परेसँगै अध्यागमन विभाग महानिर्देशकविहिन छ । गृहकै केही महाशाखाको प्रमुखहरुको जिम्मेवारी हेरफेर हुने बताइएको छ ।

सरुवाको सूची अनुसार,जयबहादुर भण्डारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । विनोद लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गत पदस्थापन गरिएको छ । यस्का अलवा,विष्णुप्रसाद ज्ञवालीलाई सामान्यको अतिरिक्त समूहबाट सामान्यमै राखिएको छ ।

बिज्ञापन

गोपीकृष्ण कोइराला र सन्तोष दाहाल लोकसेवा आयोग वा अन्तर्गत पदस्थापन भएका छन् । प्राविधिक तर्फका माधवजंग कार्की र भीमार्जुन पाण्डेलाई शहरी विकास मन्त्रालयमा खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष