धुर्मुस सुन्तलीले अलपत्र पारेको रंगशाला निर्माण प्रक्रिया अघि बढ्यो

धुर्मुस सुन्तलीले अलपत्र पारेर छाडेको गौतम बृद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर खुलाइएको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । महानगरले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । रंगशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन

यसअघि बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

बिज्ञापन

३० दिनको म्याद राखी खुलाइएको टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिने र प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई दुई हप्ताभित्रै जिम्मा दिइने महानगरले उल्लेख गरेको छ ।

०७५ माघमा  सम्झौतामा फाउण्डेशनले करिब ३ अर्ब रूपैयाँ आर्थिक स्रोत जुटाएर २ वर्षभित्र नेपाली मौलिकता झल्कने आकर्षक, कलात्मक, सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने, निर्माण कार्य सकिएपछि फाउण्डेशनले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने उल्लेख थियो ।

बिज्ञापन

तर काम शुरु भएको दुई वर्षमै फाउन्डेशनले पर्याप्त आर्थिक स्रोत नजुटेको भन्दै रंगशाला निर्माणबाट हात झिक्यो । रंगशालाको निर्माण छाड्दै गर्दा धुर्मुस सुन्तलीले सामाजिक सञ्जालमा लाइभ नै आएर आफूहरु १८ करोड ऋणमा परेको समेत दावी गरेका थिए ।

अन्ततः लामो उतार चढावका बाबजुद गत कात्तिकमा महानगरले बाग्मती प्रदेश सरकारसँग सहयोग मागेपछि आज नयाँ टेण्डर खोलिएको छ । अब निर्माण खर्चमा लाग्ने बजेटको ३० प्रतिशत प्रदेश सरकारले सहयोग गर्नेछ भने बाँकी ७० प्रतिशत रकम महानगरले नै जुटाउँदैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सबैभन्दा ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिवसँग माग्यो डेढ लाख धरौटी

मतदानमा खटाइँदा विभेद,दुई स्थानीय तहका कर्मचारीले गरे आर्थिक सुविधा नलिने घोषणा

सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

बिशेष