एक जना सहसचिवले अर्थ र सामान्य प्रशासन मन्त्रीलाई नै चक्मा खुवाइदिएका छन् । यसरी अर्थ र सामान्य प्रशासन मन्त्रीलाई चक्मा खुवाउने पावरफुल सहसचिव हुन सेवन्तक पोखरेल । गत महिना सामान्य प्रशासनले २९ सहसचिवको सरुवाको सूची क्याविनेटमा पठाएको थियो तर निर्णय प्रमाणीकरण भएर आउँदा २८ सहसचिवको नाममात्र सार्वजनिक भयो । सूचीबाट सेबन्तक पोखरेलको नाम गायब बनाइयो । शक्तिकेन्द्र प्रयोग गरेर पोखरेल आफ्नो नाम हटाउन सफल भए । भन्सार विभागको उपमहानिर्देशकको रुपमा कार्यरत पोखरेललाई मधेशको अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो तर राजनीतिक शक्ति प्रयोग गरेर उनी अर्थमै थमौती भए । अर्थमन्त्री प्रकाश शरण महतले उनलाई विमानस्थल भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको पनि तीन साता बित्न लाग्यो तर उनी विदा लिएर बसेका छन् ।
बिज्ञापन
सेवन्तको कार्यरत रहेको भन्सार विभागको उपमहानिर्देकको कुर्सीमा टंकप्रसाद पाण्डेय हाजिर भइसकेका छन् । सेवन्तकलाई अर्थले भन्सारमा खटाएसँगै त्यहाँका हाकिम टोकराज पाण्डे अर्थमै फिर्ता भएका छन् । पोखरेल यसअघि उपसचिव भएकै बेला फागुन २०७७ सम्म वीरगञ्ज भन्सार कार्यालयमा २ वर्ष प्रमुख भन्सार प्रशासक चलाइसकेका हुन । यस अघि विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा पनि काम गरेका थिए । २०७८ फागुनमा सहसचिवमा बढुवा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम गरेका पोखरेल विष्णु पौडेल अर्थमन्त्री भएलगत्तै अर्थ मन्त्रालयमै फर्कन सफल मात्र भएनन् । बजेट निर्माणका बेला उनी भन्सार विभागमा निमित्त महानिर्देशकको भूमिकामा थिए । विराटनगर भन्सार प्रमुख,वीरगञ्ज भन्सार अधिकृत हुँदै प्रमुख अधिकृत बनेर पूरा कार्यकाल बसेर कमाएका कर्मचारीको रुपमा अर्थभित्र चिनिन्छन् । त्यसपछि उनी कलकत्तास्थित बन्दरगाहमा बसे । कलकत्ता हुँदै यता सहसचिवमा पदोन्नति भएपछि फेरि भन्सार विभागमा फर्किएका उनी भन्सारमै रहँदा दरबन्दीमा कार्यरत ६८ जना कर्मचारीको काज सरुवा गरी दरबन्दी बेगरको कार्यालयमा पठाउने निर्णय गरेर बदनामी कमाएका कर्मचारी हुन । सेवन्तक पोखरेल उपसचिव हुँदा अर्थमन्त्रालयका सय भन्दा बढी राजस्व समूहका कर्मचारीमध्ये राम्रो अवसर पाउनेमा पर्दछन् ।
बिज्ञापन
यता पछिल्लो समय अख्तियार,सिआइबीदेखि नियामक निकायको तारो बन्न थालेपछि त्रिवि भन्सारमा जाने कर्मचारीको खडेरी लाग्न थालेको छ । ६१ किलो सुजन काण्डमा जोडिएर अरुण पोखरेल विदामा बसेपछि त्यहाँ ९ साउनमा टोकराज पाण्डेय प्रमुख भन्सार प्रशासकका रुपमाखटाइएकोमा ६ महिनामै उनी अर्थमै फर्किएपछि अहिले सेवन्तकलाई त्यहाँ खटाइएको हो । तर सेवन्तक त्यहाँ जान मानिरहेका छैनन् कारण सिनियर सहसचिवलाई अर्थबाट त्रिवि भन्सारमा पठाइनु भनेको उसलाई अर्थबाट रिङ्ग आउट गराइनु हो भन्दछन्,अर्थका कर्मचारीहरु ।