४ हजारलाई साइबर सेक्युरिटी तालिम दिदैं काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले विभिन्न ३४ विधामा ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।महानगरपालिकाले यही २ माघबाट तालिम दिन लागेको जनाइएको छ ।

बिज्ञापन

महानगरपालिकाका अनुसार तालिम काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा प्रदान गर्न लागिएको हो ।

बिज्ञापन

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।यस्का अलवा प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष समेत तालिममा सिकाइने महानगरले जनाएको छ ।

तालिमबाट व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिने महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन

साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुले तालिम लिनसक्ने काठमाडौ महानगरपालिकाले जनाएको छ । यसपछि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङका तालिम सुरु हुँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

संघीय सचिवालयमा करोडौँको अनियमितता, उच्चस्तरीय छानबिनको माग

राजीनामा दिने तयारीमा मन्त्री घिसिङ

थप ९ इलाका प्रशासन कार्यालय खोल्ने तयारी,स्वीकृत भयो कर्मचारी दरबन्दी

७९ मा राजेन्द्र राईसँग पराजित सुनिल थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित

सम्पत्ति शुद्धीकरणको प्रहरी दरबन्दी कटौती,सिंहदरबार गणको नेतृत्व अब एसपीको कमाण्डमा

परीक्षामा उत्तीर्ण २० उम्मेदवार जिल्ला न्यायाधीशमा सिफारिस

बिशेष