रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् ।

बिज्ञापन

कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ ।

बिज्ञापन

महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, सात सचिव, सोही संख्यामा सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारीसहित केन्द्रीय समिति चयन गर्ने छ ।

टीकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएपछि उनी अहिले राजनीतिमा सक्रिय छन् ।

बिज्ञापन

पार्टी गठनको केही समयमै चुनावमा गएको सो पार्टीले प्रतिनिधिसभातर्फ चार सिट जितेर अहिले सरकारमा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

मन्त्रिपरिषद् बैठक शुरु : भन्सार नियमावली पास गर्ने तयारी

मालपोत प्रमुखसहितको भ्रष्टाचार मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश

अनुसन्धान र नवप्रवर्तनका लागि ज्ञान व्यवस्थापन

शंकास्पद् गतिविधि गर्ने अमेरिकन र चिनियाँ नागरिक पक्राउ

शक्ति बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

बिशेष