रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् ।

बिज्ञापन

कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ ।

बिज्ञापन

महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, सात सचिव, सोही संख्यामा सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारीसहित केन्द्रीय समिति चयन गर्ने छ ।

टीकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएपछि उनी अहिले राजनीतिमा सक्रिय छन् ।

बिज्ञापन

पार्टी गठनको केही समयमै चुनावमा गएको सो पार्टीले प्रतिनिधिसभातर्फ चार सिट जितेर अहिले सरकारमा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

‘कुलिङ अफ पिरियड’ को छानबिनमा छलछाम : ‘स्वार्थको द्वन्द्व’ हुने गरी तोकियो संयोजक

प्रमुख प्रशासकीय,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

बिशेष