रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् ।

बिज्ञापन

कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ ।

बिज्ञापन

महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, सात सचिव, सोही संख्यामा सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारीसहित केन्द्रीय समिति चयन गर्ने छ ।

टीकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएपछि उनी अहिले राजनीतिमा सक्रिय छन् ।

बिज्ञापन

पार्टी गठनको केही समयमै चुनावमा गएको सो पार्टीले प्रतिनिधिसभातर्फ चार सिट जितेर अहिले सरकारमा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

बिशेष