स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । बुधबार विभागको महानिर्देशकस्तरीय निर्णयबाट ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको विभागका सूचना अधिकारी भवनाथ खतिवडाले जानकारी दिए । उनकाअनुसार मन्त्रालयबाट विभागमा सरुवा गरिएका डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को महामारी व्यवस्थापन शाखा लगिएको छ ।

बिज्ञापन

उपचारात्मक महाशाखाकी डा. पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखमा लगिएको छ । उपचारात्मक महाशाखामा डा. फणिन्द्र बराललाई लगिएको छ । उनी यसअघि इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखामा कार्यरत थिए । त्यसैगरी परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ । उनको ठाउँमा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ ।

बिज्ञापन

अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ । उनी यसअघि इडिसिडीको सर्विलेन्समा शाखामा कार्यरत थिइन् । नेपाल सरकारबाट विदा लिएर स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (एनएचएसएसपी)मा एक वर्षे करार जागिर खान गएका सागर दाहाललाई इडिसिडीमा लगिएको छ । उनी इडिसिडीको सर्विलेन्स शाखा प्रमुखमा रुपमा इडिसिडी लगिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष