फरक कथामा बनेको “ज्याकी – आईएम ट्वान्टिवान”

नेपालगन्ज, १० बैशाख – आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे “ज्याकी – आई एम ट्वान्टिवान” विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । “ज्याकी आई – एम ट्वान्टिवान”को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।
मोफासलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै “ज्याकी – आई एम ट्वान्टिवान”मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले “ज्याकी – आई एम ट्वान्टिवान”को माध्यमबाट नेपालमा पहिलोपटक “हिप्पप डान्स”को कथालाई समेटिएको बताए ।
त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई “ज्याकी – आई एम ट्वान्टिवान”ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई “ज्याकी – आई एम ट्वान्टिवान”ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् ।
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विजय सुवेदी आवाजले नयाँ कथामा बनेको “ज्याकी – आई एम ट्वान्टिवान”ले राम्रै ब्यापार गर्ने बताए । साथै उनले “डान्स” मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको बताए ।
उक्त साक्षात्कार कार्यक्रमको समन्वय तथा व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल बाँके शाखले गरेको थियो ।
अब ुज्याकी आई एम ट्वान्टिवानुको टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुँनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ््दै गएको साक्षात्कारमा जनाइएको थियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष