बारा २ मा उपेन्द्र यादवले उडाए आचार संहिताको धज्जी, मन्त्री साँसदद्धारा नै उलंघन, निरीह सम्बध निकाय

काठमाण्डौ, ८ बैशाख – जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ ।

बिज्ञापन

जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ भनेर चुप लागेर बसेको छ । उपेन्द्रलाई जिताउने नाममा सरकारी संयन्त्र नै निरिह बन्नेगरी कानुन र आचारसंहिताको धज्जी उडाएपछि मतदाता आक्रोशित बनेका छन् ।

बिज्ञापन

सरकारी संयन्त्र ब्यानर हटाउनेमा सीमित छ । चेतावनी दिने र स्पष्टीकरण सोध्ने तहमा हिम्मत गर्न सकेको छैन । जसका कारण उपेन्द्रले मनपरी गरिरहेका छन् ।

आचारसंहिताको उल्लंघन भइरहेको जानकारी भए पनि तराईमा यस्तै अभ्यास चलिआएको बाराका आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले बताए । उनले नियमनको पहल भइरहेको दाबी गरे । जसअन्तर्गतमा सडकमा रहेका तुल ब्यानर हटाइएको उनको भनाइ छ । रोचक कुरा के छ भने अनुगमन सरकारी अधिकारी फिल्डमा समेत जान डराएका छन् । उपेन्द्रले सारा सत्तालाई परिचालन गरेकाले सरकारी अधिकारीले हिम्मत गर्न नसकेको एक सुरक्षा अधिकारीले बताए । भीडभाड गर्न नहुने, भोजभतेर गर्न नहुने, ठूलो पोस्टर र ब्यानर लगाउन नहुने, मतदाता प्रभावित पार्न नहुने घटनाको विपरीत उपेन्द्रले चुनावी क्याम्पेन चलाएका छन् । आश्वासन बाँडिरहेका छन् । नेपालपाना

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

ट्रेड युनियन खारेज,कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

सिंहदरबारमा क्याविनेट र पूर्व प्रशासकसँगको छलफल सँगसँगै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी,८ संवैद्यानिक निकायका १३ नियुक्तिको बाटो खुल्यो

कर्मचारी ट्रेड युनियन खारेज : अध्यादेशविरुद्ध अदालत जाँदै संगठनहरू

ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन

बिशेष