कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । यस्तै बदमासीमा डामिएका छन् अर्काे उपसचिव,जो काण्ड छरपष्ट भएपछि फरार छन् । यस्तो बदमासीमा डामिएका उपसचिव हुन रुपेशकुमार साह । ५ वर्षदेखि […]

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त […]

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अनियमितता चुलिएको छ । स्थायी कर्मचारीहरुलाई जोकरफाल्तु बनाएर करार र दबन्दीभन्दा बाहिरका कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिइएकै थियो । सिनियर कर्मचारीको शाखा खोसेर हालैमात्र जुनियर कर्मचारीलाई शाखा प्रमुख बनाइएको बिषय उत्कर्षमा पुगेको छ,त्यहाँ । जिल्लामा  ६१ वटा वडा छन् । नगरपालिकाको सबैभन्दा ठूलो र बजार क्षेत्रको १ नम्बर वडामा करार र […]

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी सहभागी पहिलो कार्यालय प्रमुख बैठकमा बहुमत हाकिमहरूको अनुपस्थिति देखिएको छ । एक महिनाअघि मात्रै आएका जोशीले वैशाख ६ गते बैठक डाकेका थिए । हरेक महिनाको ५ गते नियमित यस्तो बैठक राख्ने तालिका छ । वैशाख ५ गते रामनवमी पर्वको बिदाका कारण भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा बैठक आयोजना गरिएको थियो […]

सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले अवैध रुपमा ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद गरेको छ । १० हजार केजी प्याज, बोरा सिलाउने मेसिन र गाडीको बिगो मूल्य सहित कायम गरी  ५० लाख बराबरको अवैध सामान बरामद गरी आज भैरहवा भन्सार कार्यालयमा प्राप्त भएको प्रमुख नारद गौतमले जानकारी दिए । रुपन्देहीको सिद्धार्थनगर ४ […]

वैशाख ९, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको […]

डेढ लाख घुस प्रकरणमा पक्राउ परेकी पोखरा महानगरपालिकाको सब इञ्जिनियर उषाकिरण रोकाया तारेखमा छुटेकी छिन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर चैत २८ गते घुससहित पक्राउ परेका थिए। पोखरा ५ पर्स्याङबाट उनीहरु पक्राउ परेका थिए । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको […]

सरकारले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। मन्त्री शर्माले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख […]

कोशी प्रदेश लोकसेवा आयोगले गत साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक […]

  यही वैशाख १५ मा बझाङ १ (१) प्रदेशसभाको उपनिर्वाचन हुँदै छ । प्रदेश सांसदको उपनिर्वाचनमा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्ना उम्मेदवारको पक्षमा प्रचारप्रसार तीव्र पारेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले सिंहका छोरा अभिषेकबहादुरलाई उम्मेदवार बनाएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।