प्रदेश
तीन दिनमै मन्त्री पद गुमाएका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाले न्याय खोज्दै आफू सर्वाेच्च अदालत जाने बताएका छन् । गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएर भोलिपल्टै मन्त्री नियुक्त भएका उनी मन्त्री भएको तीन दिन पछि पदमुक्त भएका छन् । सोही पछि सर्वाेच्च अदालत जाने बताएका हुन । आफूमाथि माओवादीले गरेको कारवाही कारबाही […]
स्थानीयका २५ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन,स्थानीय स्वास्थ्य र कृषि सेवाका २५ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवातर्फका ३,स्वास्थ्य सेवातर्फका १९,कृषि सेवा समूहतर्फका ३ जना कर्मचारी रहेका छन् । उनीहरुलाई जेष्ठता,कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । […]
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् । बिहीबार दिउँसो साढे ३ बजेतिर पासो लागेको अवस्थामा उनको शव भेटिएको हो ।
जबर्जस्ती करणी अभियोगमा फरार भएका उपसचिवले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका उपसचिव रुपेशकुमार साह करणीको उजुरी प्रहरीमा परेसँगै फरार रहँदै आएका छन् । विगत ५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो […]
उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका […]
मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।संघमा संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रममार्फत सांसदहरुलाई ठेकेदार बनाउने गलत कामलाई सर्वाेच्चले रोक लगाइदिएको थियो । संघमा खारेज भइसकेको संसदीय विकास कोषलाई मधेश […]
ऋषि भट्टराई बुटवल, जेष्ठ २१ । बुटवलमा आज भएको कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा उठाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा […]
ऋृषि भट्टराई बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख […]
प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएसँगै एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो । अहिले एकीकृत समाजावदीबाट उक्त प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी […]
ऋषि भट्टराई स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्ति माग गर्दा पनि पदपूर्ति गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले आक्रोश पोखेका हुन । उनीहरुले स्थानीय तहहरुमा कर्मचारी अभावका कारण वडाहरुमा वडा सचिवहरु राख्न नसकेको, लेखा अधिकृत नहुँदा […]