निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् । जस्तो :-एकै जिल्लाका ९ जनाले एकै पटक सिडीओ चलाए । यस्तै एउटै जिल्लाको एउटै विद्यालयमा पढेका ६ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए । एकाघरका दाजु र बहिनी एकै पटक सचिव चलाएर अर्काे रेकर्ड राखे । यस्तै एउटै स्कुलमा […]

सेटिङमा चलिरहेको नेपालको प्रशासन संयन्त्रमा उही ढोकाबाट छिरेर विगत ६ महिनादेखि नेपाल आयल निगमको नेतृत्व गरिरहेका छन चण्डीप्रसाद भट्ट । जसरी कार्यकाल बाँकी छँदै शंकरदास बैरागी मुख्यसचिव छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार खान गए ठीक उही ढंगले तत्कालीन कार्यकारी निर्देशक उमेश थानी कार्यकाल बाँकी हुँदै राजीनामा दिएर बाहिरिनुबीचको अन्तर्य कुनै समयमा खुल्ला नै । तर,उनै भट्टलाई […]

जीवनका साढे दुई दशक समय हवाइ उड्डयनकै क्षेत्रमा व्यतित गरेका योगराज कँडेललाई ‘हेलिकप्टर म्यान’ भन्दा फरक नपर्ला । २०५६ बाट कस्मिक एयरबाट जागिर प्रारम्भ गरेर यो क्षेत्रमा पाइला राखेका उनले पाँच वटा हवाई कम्पनीमा काम गरिसकेका छन् । कतै जागिरे,त कहिँ शेयर होल्डर भएर । बिएससी, एमबीए र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले कस्मिकमा १० […]

मुलुकले पहिलो पटक महिला मुख्य सचिव पाएको छ । हिजो बसेको क्याविनेट बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यस अघिका मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर सचिव लिलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो,प्रचण्ड सरकारले । केपी ओलीको सरकारले ३१ गते उनलाई कामु मुख्यसचिवको रुपमा […]

नेपालको प्रशासनिक इतिहासमा लीलादेवी गड्तौलाले रेकर्ड ब्रेक गरेकी छिन् । बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्धा लागेर उनी निलम्बनमा परेसँगै निमित्त मुख्यसचिव कायम मुकायम मुख्यसचिव हुँदै उनी पहिलो महिला मुख्यसचिव बनेर रेकर्ड ब्रेक गरेकी हुन । आज बसेको मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो […]

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि राजेन्द्र सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । आज आइतबार बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको बैठकले टानको आगामी अध्यक्ष पदमा सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटल समेत संचालन गर्छन् […]

भन्छन् नि ‘इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन ।’ जीवनमा हामी एउटा ढोका बन्द हुँदा निराश र डिप्रेस हुन्छौं तर देख्दैनौँ खुला अरु तीन द्वार । इतिहास तिनैले लेख्छन्, जसले समस्यालाई अवसरको रूपमा लिन्छन् । चाहे शारीरिक रूपमा दुबै हात नभएकी नासु सुशीला ढकाल हुन् वा अहिले सामाजिक कर्ममा रमेकी संगीता पन्थ […]

अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन् । निजामती किताबखानाका अनुसार अधिकारी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हद लागेर अनिवार्य अवकाश पाउदै थिए तर अवकाश हुनु चार महिना अगावै उनले राजीनामा दिएका हुन् । नेपाल कानुन आयोगको सचिवको रुपमा कार्यरत अधिकारीले दिएको राजीनामा आइतबारदेखि लागू हुने गरी अस्तिको […]

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवको जिम्मेवारी सहसचिव विनोद कुँवरले पाएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिवको भूमिकामा रहेका कुँवरलाले आइतबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्न लागेका छन् । यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता हुँदै आन्तरिक राजस्व विभागको १४ महिना महानिर्देशक चलाइसकेका कुँवर निजामतीभित्र इमान्दार प्रशासकका छवि बनाएका कर्मचारी […]

सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । यसको फलामे ढोका मानिने लोकसेवा पार गर्ने कठिन संघर्ष गर्नुपर्दछ । तर,लगन,मेहनतपूर्वक तयारी गरिएको खण्डमा लोकसेवा सजिलै छिचोल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्,शेखर रोकायाले । सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।