राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान कुटाकुट भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर आइतबार ठाकुरमोहन श्रेष्ठमाथि  कुटपिट भएको हो। कुटाई खाने श्रेष्ठ सशस्त्रका पूर्व एआइजीसमेत हुन । धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो। धुम्वाराहीस्थित बिहान बसेको कार्यसम्पादन […]

उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव नियुक्त भएका छन् । राष्ट्रपति निवास शीतल निवासबाट शपथ लिएर भर्खरै रामशाहपथमा आई स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् । यादवले जिम्मेवारी सम्हालेसँगै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान मन्त्रीको संख्या चार जना पुगेका छन् भने उपप्रधानमन्त्रीमा सबैभन्दा तल उपेन्द्रलाई राखिएको छ ।    अहिले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, […]

अन्तत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण क्यान्सिल भएको छ । मन्त्री चौधरी ११ देखि २२ मार्चसम्म अमेरिकामा आयोजना हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमनु सम्मेलनमा भाग लिन ६८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क उड्ने कार्यक्रम तय भएको थियो ।  क्याविनेटले स्वीकृत गरिसकेको अवस्थामा मन्त्री आफैँले भ्रमण स्थगित […]

मर्यादाक्रमको बिषयमा कुरा नमिल्दा उपेन्द्र यादवको सत्तारोहण यात्रा लम्बिरहेको छ । अहिले मर्यादाक्रममा प्रधानमन्त्री प्रचण्डपछिको रघुविर महासेठलाई राखिएको छ । त्यसपछि अर्का उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको वरीयता रहँदा अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चौथो परीयता रहेको छ । जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागिता जनाउने भनिए पनि मर्यादाक्रमका कारण उपेन्द्रले […]

सरकारी कागज किर्ते आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह लगायत ३ जनामाथि विरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको छ ।पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार स्थानीय लियाकत अलीलेले मेयर सिंह, रुबिना श्रेष्ठ, रिता भट्टराई र भिखारी रायविरुद्ध जाहेरी दर्ता गराएका हुन् । मेयर सिंहले हुँदै न […]

सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ। गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गरिएको छ । विभिन्न मितिमा सहिद घोषणा भएका १०१२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको थियो । सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भएका १५२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको […]

रामशाह पथमा रमाइलो संयोग जुरेको छ,सेवा हदका कारण सचिव घर जानु र मन्त्रीको पदबहाली पनि सोही समयमा हुनु ! मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले […]

  पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठक सिंहदरबारमा सकिएको छ । आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । यस्तै बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । जसअनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद जोशीले हिजै पदभार ग्रहण गरिसकेका छन् । १३ बर्ष पछि दोश्रो पटक मन्त्रीका रुपमा उनी सिंहदरबार भित्रिएका छन्,यस अघि झलनाथ खनालको क्याविनेटमा उनी वन मन्त्रीको जिम्मेवारीमा थिए । जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि […]

पछिल्लो समय नेपाली राजनीतिमा परिवारवाद हाबी भएको देखिन्छ। यस अघि एकै घरका श्रीमान श्रीमती पालै पालो मन्त्री बनेर रेकर्ड राखेका हुन रघुविर महासेठले । महासेठमात्र होइन आलो पालो श्रीमान श्रीमती नै मन्त्री बन्नेमा रामबहादुर थापा–नैनकला थापा,शेरबहादुर तामाङ–उषाकला राई,अनिल झा डिम्पल झा,सत्या पहाडी शक्ति बस्नेत,वर्षमान पुन–ओनसरी घर्तीहरुको नाम अग्रपक्तिंमा आउँछ । यी त एउटै पार्टीमा रहेर […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।