राजनीति
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले बताइन् । उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि […]
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथलिस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिएका छन् । आज बिहान उनले सडकमा निस्किएका नागरिक सँगै यात्रा गरिरहेका यात्रुहरुसँग चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए । ।
काठमाडौं । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिइन । राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा […]
काठमाडौं । नयाँ बर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । त,र नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा शुभ हुन सकेन । सत्ताको जोडघटाउ र सत्ताको होडबाजीमा बर्ष दिन व्यथित भयो । अस्थिर सरकारका कारण प्रत्यक्ष मार जनतामा पर्ने नै भयो । त्यो भन्दा पनि कानुन, नीति, निर्माण बन्ने मुल थलो […]
आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षता […]
राजनीतिले नेपालको व्युरोक्रेसीलाई कसरी भकुण्डो बनाउने गर्दछ भन्ने पछिल्लो उदाहरण हो यो । गत फागुन अन्तिम साता काँग्रस,माओवादीको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको महिना दिनमै २१ जना सचिवहरु सरुवामा परेका छन् । काँग्रेस र माओवादीको संयुक्त गठबन्धनको सरकार परिवर्तन भएर एमाले,माओवादी,समाजवादीसहितको संयुक्त गठबन्धनको सरकार बने यता महिना दिनमै २१ जना सचिवहरु हेरफेर भएका छन् । […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न थालेपछि सरकारले संसदको हिँउदे अधिवेशन अन्त्य गर्ने तयारी अगाडि बढाएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नका लागि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । यसरी तारान्तार संसद् अवरुद्ध हुँदै आएपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी अगाडि बढाएको हो […]
हिजोका लागि तय भएको मन्त्रिपरिषद्को बैठक आज दिँउसो १ बजे बस्न लागेको छ । शुक्रबार बिहान १० बजे डाकिएको क्याविनेट बैठक अहिले १ बजे बस्ने गरी सारिएको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।यस्तै आजको क्याविनेटले मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारी गरिरहेको बताइएको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन् । राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए । राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उनले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले थपलिया राजनीतिलाई सेवाका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मेयर भएको अवधिमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । थापा प्रमुखको […]