राजनीति
ऐन,कानुन बनाउने ठाउँमा एनजीओले खाजा प्रायोजन गरेपछि आजको लागि डाएिको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । सोही एनजीओले प्रायोजन गरेको खाजाको बिषयमा लफडा भएपछि संघीय निजामती सेवा विद्येयकको बिषयमा छलफल गर्न डाकिएको बैठक बहिष्कार गरेर गृहमन्त्री रवि लामिछाने बहिष्कार गरेर हिडेका छन् । सङ्घीय निजामती सेवा विधेयक २०८० उपर आजदेखि दफादार छलफल […]
तीन दिनमै मन्त्री पद गुमाएका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाले न्याय खोज्दै आफू सर्वाेच्च अदालत जाने बताएका छन् । गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएर भोलिपल्टै मन्त्री नियुक्त भएका उनी मन्त्री भएको तीन दिन पछि पदमुक्त भएका छन् । सोही पछि सर्वाेच्च अदालत जाने बताएका हुन । आफूमाथि माओवादीले गरेको कारवाही कारबाही […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसेवक कर्मचारीहरुलाई हस भइहाल्छ भन्नेमात्र नभएर नतिजामुखी काम गर्न चेतावनी दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन । ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा […]
नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशी नागरिकता लिएका कर्मचारीबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् । विदेशी नागरिकता लिएका कर्मचारीलाई कारबाही गर्न भनेर अख्तियारले पत्र लेखे पनि प्रधानमन्त्री कार्यालयले एक्सन नलिएको उनले आरोप लगाए । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पन्तले अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन […]
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् । सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका […]
नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी ब्यूरोले जनाएको छ । सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले […]
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ सकिएको छ । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर दायर गरिएको रिटमाथि अन्तरिम आदेशका सम्बन्धमा भएको सुनुवाइ सकिएको छ । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेल लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद […]
उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यहँँका कर्मचारीले स्वागत गरेका छन् । ९ जनाको टोली बोकेर नेपाल वायुसेवाको उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतले बिदाई गरेको थियो । उता […]
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगानाहरुलाई साथ लगाएर दिल्ली उडेसँगै […]