समाचार
काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारि समितिले संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानिय तहलाई राहतको रुपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानिय तहलाई क्षतीको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिएका छन् […]
थापाथलीकाे बृहस्पति मन्दिरमा बिहीबार क्षमा पूजा गरिएको छ । प्राचीनकालदेखि नियमितरुपमा पूजा हुँदै आएकोमा याे वर्ष पनि क्षमा पूजा गरिएको हाे ।
देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही […]
डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी सवारी साधन चलाउन रोक लगाएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाएको हो।बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल-भकुण्डेबेसी-वर्षेखोला सडकखण्ड बन्द गरिएको हो। कार्यालयका अनुसार भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम […]
आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट […]
बाँकेको कोहलपुरस्थित एक होटलमा १६ वर्षीया किशोरीलाई दुई दिनसम्म बलात्कार गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि पाँचजना पक्राउ परेका हुन् । प्रहरीले १९ वर्षका तीन जना, २० वर्षका एक र २४ वर्षका अर्का युवालाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी […]
‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् । ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् । उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका […]
काठमाडौं । देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय […]
लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । आयोगले एक सूचना जारी गर्दै अधिकृतदेखि सहसचिवसम्मका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी, स्वास्थ्य सेवाका एघारौं र नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको […]
६ वर्षीय छोरालाई आफ्नै बुबाले भीरबाट फालेर हत्या गरेका छन् । प्रसंग रहेको छ बागलुङ जिल्ला ताराखोला गाउँपालिकाको । मंगलबार साँझ बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेका हुन् । हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी […]