समाचार
काठमाडौं । कास्की जिल्ला अदालतले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यो सँगै सभापति लामिछानेको तिहार लगभग प्रहरी हिरासतमै बित्ने पक्कापक्की भएको छ। प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो ।तर, कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आर्थिक लेनदेनको आरोप लगाउँदै मन्त्रालय तानिएका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलाई काम काज गर्न दिनका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । उनीविरुद्ध विभिन्न आरोप लगाउदै मन्त्रालयमा उजुरी परेको कारण छानबिनका लागि उनलाई मन्त्रालयमा हाजिर हुन शुक्रबार पत्र लेखिएको थियो । आफूले पदको दुरुपयोग […]
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले सो निर्देशन दिएका हुन् ।उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन […]
काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो । जस […]
रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको हो । नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् ।यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जानकारी गराएको […]
‘रसुवा नेचुरल स्प्रिङ वाटर’ ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ। ‘गोल्ड क्वालिटी अवार्ड’ जापानमा पिउने पानीले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो।टोकियोमा शुक्रबार एक कार्यक्रमबीच जापान अक्वा सोमेलियर एसोसिएसनले ‘गोल्ड क्वालिटी अवार्ड’ हस्तान्तरण गरेको हो। जापान अक्वा सोमेलियर एसोसिएसनले जापानमा बिक्री वितरण हुने पिउने पानीको कम्पनीमध्येबाट एकलाई हरेक वर्ष गुणस्तरको […]
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका प्रसाद उप्रेतीमाथि गम्भीर घुस काण्डको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई छानबिनको लागि मन्त्रालयमा तानेको छ। डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासन दिएर एक व्यक्तिसँग २० लाख रुपैयाँ घुस लिएको आरोपसहित उजुरी परेको छ, जसका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो। उप्रेतीमाथि श्रम बजारको नयाँ […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले ठूलो सख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको एकै स्थानमा लामो समयदेखि रहेका रैथाने कर्मचारीहरुको सरुवा गरेका छन् । स्वास्थ्य सेवा विभागमा २५ बर्ष देखि रहेका डिक बहादुर […]
गाैर । राैतहटकाे गाैर नाकाबाट सशस्त्र प्रहरीकाे संरक्षणमा तस्करी भएको उजागर भए पछि छानबिनका लागि गाैर भन्सार स्थित प्रस्तावित गुल्मका डिएसपी कृष्ण खतिवडा बाहिनीमा तानिएका छन् । मधेस प्रदेश स्थित सशस्त्रका डिआइजी कालिदास धाैवजीले छानबिनका लागि बाहिनीमा तानेका हुन । बाहिनीमा तानिएको बाहिनीले पुष्टि गरेको छ । केही महिना देखि सशस्त्र प्रहरीकाे सेटिङ र संरक्षणमा […]