समाचार
प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको छ । गुरुङलाई भन्सार […]
सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकिराखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० केजी गाँजा नियन्त्रणमा लिएको सुरक्षा बेस चतराले जनाएको छ । गाँजा […]
न्याय सेवा आयोगले सहसचिव,उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको आज बसेको बैठकले कानुन समूहका पाँच,सरकारी वकिल समूहका २ राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा प्रस्ताव गरेको हो । सरुवा प्रस्ताव गरिएका सहसचिवहरुमा निर्मला अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,धर्मराज कुइकेल र दलबहादुर अधिकारीलाई कानु्न,न्याय तथा संसदीय मामिला मन्त्रालय, […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक र नासुसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो । गत फागुन ९ गते २ लाख ५० हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको ती पाँचै जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर […]
आर्थिक वर्ष २०७९/ ०८० को कार्यसम्पादन मूल्यांकनमा रसुवा जिल्लाका पाँच पालिकामध्ये स्थिति बिजोग देखिएको छ । विभिन्न १७ वटा सूचकमा गरिएको मूल्यांकनमा कुनै पनि पालिकाले ३० प्रतिशत अंक भार समेत कटाएका छैनन् । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा जिल्लाका […]
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गराउन सार्वजनिक सूचना निकालेको छ । आज सूचना प्रकाशित गर्दै महानगरले ललिता निवास क्षेत्रको जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई निर्देशन दिएको हो । विशेष अदालतले फागुन ३ गते गरेको फैसलाबाट बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत ९सरकारी० भएको छ । त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, […]
मुख्य सचिवसँग चार दिनको बिदा स्वीकृत गराएर विदेश उडेका सचिवलाई सतर्कता केन्द्रले पत्र काट्ने तयारी गरेको छ । गत महिना माघ ४ देखि ६ गतेसम्म यूएन हेबिट्याटले प्रायोजन तथा ओडिसा प्रान्त सरकारले आयोजना गरेको इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रमको नेतृत्व गर्दै खानेपानी सचिव उडिसा पुगेर फर्किएको रहष्य खुलेपछि सतर्कता केन्द्रले त्यसबारेमा सचिव आचार्यसँग […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको जानकारी गराएको छ । वैंक तथा वित्तीय संस्थाको ऋण मिनाह गराउने अभियान चलाइरहेका राजावादी अभियन्ता दुर्गा प्रसाईले एनआइसी एसिया बैंक डुब्दै गरेको र अन्य केही बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको प्रचार गरेपछि केन्द्रीय बैंकले त्यस्तो स्थिति नरहेको स्पष्ट पारेको हो । राष्ट्र […]
अञ्जन कुमार नेपालीमा एउटा उखान छ,खानेमुखलाई जुँगाले छेक्दैन । त्यसै भनिएको होइन,जहाँ इच्छा त्यहाँ उपाय । दृढ इच्छाशक्तिका साथ आँट गरियो भने दुनिँयामा असम्भव भन्ने के छ र ? प्रहरीको ईलाका कार्यालयमा बजेट नै थोरै हुन्छ । प्रशासनिक खर्चका लागि बाहेक ईलाका कार्यालयमा बजेट नै छुट्टाइएको हुँदैन । राज्यले बिगतमा दिदै आएको बजेटमाथि समेत कैँची […]
सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल राजपत्र अनकित प्रथम श्रेणीका कार्यसम्पादन फाराम भर्न छुटाएका कर्मचारीहरुलाई तत्काल पठाउन परिपत्र गरेको छ । मन्त्रालयले संघ,प्रदेश र स्थानीय तीन वटै तहका विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा […]