फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

फिल्म निर्माता शिवराज कार्की पक्राउ परेका छन् । युरोपमा पठाउने भन्दै २ सय बढी युवाहरुलाई ठगी गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो । एक दशकदेखि चाबहिलमा पी एन्ड एम इन्नोभेटिभ सर्भिसेज नामक कन्सल्टेन्सी चलाइरहेका उनले युवाहरुलाई क्रोएसिया, रोमानिया, इटाली लगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी रकम लिएर ठगी गरेर फरार भएको भन्दै वैदेशिक रोजगारसम्बन्धी कसुरमा ६ वटा पक्राउ पुर्जी जारी भएको थियो । कार्कीले दुई सयभन्दा बढी सर्वसाधारणबाट प्रतिव्यक्ति २० लाखसम्म पैसा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगार न्यायाधिकरणले भदौ ४ गते नै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बिज्ञापन

सोही आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको नयाँदिल्लीस्थित पहाडगञ्जबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । वैदेशिक रोजगार न्यायाधिकरणबाट २०८२ भदौ ४ गते पक्राऊ पुर्जी जारी भएपछि उनी नेपालबाट भागेर भारतको नयाँ दिल्लीमा रहेको पहाडगञ्ज इलाकामा अन्नपूर्ण फास्ट फुड नामक मोमो पसल सञ्चालन गरी बसेका प्रहरी अधिकारीहरुले जनाएका छन् । भारतबाट पक्राउ गरी नेपाल ल्याइएको कार्कीले भारतमै आधार कार्ड र प्यान कार्डसमेत बनाइसकेको पाइएको छ ।

बिज्ञापन

वैदेशिक रोजगार ठगीमा पक्राउ परेका शिवराज कार्की तेल भिसा नामक फिल्मको निर्मातासमेत हुन् । उनले यस अघि ‘चि मुसी चि’, ‘तेल भिसा’ लगायतका चलचित्रहरुको निर्माण गरिसकेका छन् । उसो त निर्माता कार्कीविरुद्ध यस अघि पनि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा उजुरी परेको थियो । निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध ०८१ कात्तिको अन्तिममा उजुरी परेको थियो । यो चलचित्र ०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियो । अमेरिका बस्दै आएका नेपाली समुदायको कथामा यो चलचित्र निर्माण भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष