त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० साल असोज महिनामा संचालित कानून संकाय तर्फ ३ वर्षे (स्नातक तह) को नतिजा सार्वजनिक गरेको हो । एल एल.वि. प्रथम वर्ष २०७८ आंशिक परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न […]

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. विजुकुमार थपलियालाई नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]

मन्त्रीमा केही नयाँ गरौं भन्ने हुटहुटी छ तर कसरी चल्ने भन्ने ढंग छैन । राजनीतिज्ञले त स्थायी सरकार मानिने ब्युरोक्रेसीलाई हातमा लिएर पो काम गर्नुपर्ने हो तर तिनैलाई दुश्मनको व्यवहार गर्न थालेपछि नयाँ मन्त्रीसँग आजित छन्, कर्मचारी । आधा आधा घण्टामा मिटिङ डाक्ने, घण्टा घण्टामा प्रगति खोज्ने, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्मचारीलाई थर्काएको–थर्काएकै […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध भएका कर्मचारीहरुको विवरणको खोजी शुरु गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार मन्त्रालयले दलमा आवद्ध रहेका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउनका लागि उस्ले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको हो । मन्त्री सुमनाको सचिलायका अनुसार,निर्वाचन आयोगबाट विवरण प्राप्त […]

कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर कहिलेकाहीँ कर्मचारीहरुको सरुवा हुन्छ मन्त्रीसँग कुरा नमिल्दा । यस्तै नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको एक सहसचिवलाई आफूलाई अनावश्यक सल्लाह दिएको भन्दै मन्त्रालयबाट सरुवा गरेकी छिन् ।ती सहसचिव कुनै भ्रष्टाचार,अनियमितता गरेका कारण सरुवामा परेका होइनन् । उनको एउटै अपराध थियो,मन्त्रीलाई सल्लाह दिनु । मन्त्री भएकै दुई दिन […]

काभ्रे, २६ चैत्र । काभ्रेको एक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई सरुवा गरिएको बिषयलाई लिएर विद्यार्थीहरुले ताला लगाएका छन् । भुम्लु गाउँपालिका २, मा रहेको श्री अरुणोदय माविका विद्यार्थीहरुले कुशल अध्यापक सरुवा गरेको भन्दै गेटमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि अरुणोदयमा अध्यापन गराउँदै आएका स्थायी शिक्षक गजेन्द्र सञ्जेल विद्यार्थीदेखि अभिभावकको आँखाका नानी थिए । ती […]

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परिमार्जन गरी प्रकाशित गरिएको हो । वार्षिक परीक्षा प्रणाली अनुरुप २०८० चैत्र २८ गते देखि संचालन हुने भनिएका ४ वर्षे स्नातक तह २०८० का शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा दिने परीक्षार्थीहरुको […]

नव नियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारी भर्ती गर्ने गरी जारी गरेको कार्यविधिको सत्तारुढ दलकै सांसददेखि कर्मचारीहरुले विरोध गरिरहेका छन् । मन्त्री श्रेष्ठले उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतिक्षारत विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसीप कार्यक्रममार्फत् व्यावहारिक सीप र कार्य अनुभव […]

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो । त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै लागु गरि क्रमश: […]

निजामती कर्मचारीलाई अविश्वास गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा प्रशिक्षार्थी कामदार राख्ने कार्यविधि ल्याएकोप्रति सदनमा सत्तापक्षकै सांसदले विरोध जनाएका छन् । मन्त्री श्रेष्ठले ऐनविपरित बनाएको कार्यविधिले निजामती कर्मचारीको मानमर्दन गरेको र सरकारी संरचनालाई प्यारालाइज गर्न खोजेको सत्ता पक्षकै सांसद तथा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आपत्ति जनाएका हुन् । पाण्डेले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।