पदमा बहाल रहँदा एक व्यवसायीक घरानासँग ३० हजार डलर घुस मागेको आरोप लागेका एक पूर्व हाकिमलाई तीस दिनभित्र बयान दिनका लागि अख्तियारमा उपस्थित हुन सार्वजनिक सूचना निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक तथा चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्णलाई उपस्थित हुन ३० दिने सार्वजनिक सूचना जारी गरेको हो । ०७६ सालमै […]

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । लामा अहिले पशुपति सेभिङ […]

बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ । ००१ प १७३२ नम्बरको बस साँझ ६ बजेको समयमा खुर्कोट नजिकैको बारा घुम्तीमा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर ग्लोबल आइएमई बैंकका २५ कर्मचारी घाइते भएका छन् ।   बर्दिबासमा तालिममा सहभागी भएर काठमाडौं फर्कदै गरेका उक्त बसमा ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी […]

सरकारले चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा कर्मचारीको पारिश्रमिकता शीर्षकमा बजेट घटाएको भेटिएको छ । सरकारले आगामी बर्षका लागि कर्मचारीको पारिश्रमिक शीर्षकमा १ खर्ब २२ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी र पदाधिकारीको पारिश्रमिक शीर्षकको चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा घटाइएको हो । चालु आर्थिक बर्षमा १ […]

अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । हिजोको बजेट भाषण पछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले सहकारी बचतकर्तालाई तत्काल पाँच लाख रुपैंयासम्म फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको र यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए । मन्त्री पुनले […]

सरकारको यस बर्षको बजेट वक्तव्यले निजामती कर्मचारीहरुलाई निरुत्साहित पारेको छ । हिजो सार्वजनिक बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा नबढाएका कारण कर्मचारीहरु निरुत्साहित भएका हुन । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत आगामी आव २०८१/ ८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही […]

पछिल्लो एक बर्षमै ९५ अर्ब ६० करोड बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार,संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ । महालेखाका अनुसार यो वर्ष संघीय, प्रदेश सरकारी निकाय […]

सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा र बाँकी १५ वटा नोक्सानमा रहेको विवरण सार्वजनिक भएको छ भने बाँकी ३ वटाको कारोबार शून्य रहेको जनाइएको छ । अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा २६ संस्थान नाफामा देखिएका छन् । १५ वटा संस्थान […]

सरकारले प्रतिपक्षी नेपाली काँग्रेस लगायतका अवरोधका बीच नै आगामी आर्थिक बर्ष २०८१/ ८२ का लागि बजेट ल्याउने तयारी गरेको छ । आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक १५ […]

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीले दुवै आवका लागि […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।