महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ । यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा […]

एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्ने बैंके जनाएको छ । जसले ग्राहकले आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु […]

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट […]

कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा […]

एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले साउन ७ गते आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका हुन् । यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम […]

देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । साउन महिनामा मासुको खपत कम हुने भएकाले माग घट्ने भएकाले मूल्यमा कटौती गरिएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। असारमा ४२० रुपैयाँ […]

नेपालीको टाउकोमा जन्मनेवित्तिकै ८० हजार ऋृणको भार पर्ने भएको छ । नेपालको सार्वजनिक ऋृण बढेर २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको उक्त ऋृणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको टाउकोमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण हुन आउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको […]

दुई महिना नपुग्दै धितोपत्र वोर्डको अध्यक्ष हटाइएको छ । भरतपुर महानगरपालिकाबाट तानिएर अर्थ मन्त्रालय मातहतको बजेट तथा कार्यक्रम महाशाखा हेर्न आइपुगेका नरेन्द्र कुमार रानाको जिम्मेवारी खोसेर अर्थ मन्त्रालयले त्यहाँ अर्काे सहसचिवलाई खटाएको छ । अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको इन्ट्री भएसँगै नेपाल धितोपत्र बोर्डका अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सह सचिव फेरिएका हुन। यसअघि लामो समयदेखि रितेश […]

कर्मचारी वृत्तमा अहिले एउटा प्रश्न जोड तोडका साथ उठिरहेको छ । त्यो हो के राजपत्राकित कर्मचारी (शाखा अधिकृतदेखि सहसचिव)को मात्र तलब मर्यादाक्रम अनुसार समायोजन हुन लागेको हो ? अनि राजपत्रअनंकित कर्मचारीहरुको तलब के हुन्छ ? अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । गत १० असारमा सर्वोच्च […]

अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । यसरी राजपत्राकिंत कर्मचारीहरुको तलब सुविधा बढाइदा राज्यले कर्मचारीका नाममा थप बार्षिक ३६ करोड खर्च गर्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीहरुले मोटामोटी हिसाब किताब निकालेका छन् । गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।