प्रशासन
राजपत्र अनंकित कर्मचारीहरुले तलब निर्धारणमा भेदभाद भए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सर्वाेच्च अदालतले मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेसँगै शाखा अधिकृत र सोभन्दा माथिल्ला तहका कर्मचारीहरुको मात्र तलब सुविधा बढ्ने देखिएको छ ।मर्यादाक्रम अनुसार तलब समायोजन हुँदा कम्तिमा अधिकृतहरुको तलब ३ हजारदेखि ४ हजार ५ सयसम्मले बढ्नेछ । सर्वाेच्चको […]
काठमाडौँ । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । रिट्रिटका […]
सरकारले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, साथै कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेको छ । प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी र सरुवा तथा काज अनुमानयोग्य साथै विश्वसनीय बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाएको हो । मन्त्रालयले वा निकायले खटाएका कर्मचारीलाई सामान्यतया कानुनले तोकेको अवधि पूरा नभएसम्म सरुवा नगर्ने मापदण्डमा उल्लेख गरेको छ । मन्त्रालयले राजपत्र […]
भन्सार विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति बेगर तीन जना अधिकृतहरुको बेमौसमी सरुवा गरेको छ । विभागले असार मासमा तीन अधिकृतहरुको सरुवा गरेको हो । सरुवा भएका अधिकृतहरुमा रसुवा भन्सारमा दुई जना र वीरगञ्ज भन्सारमा एक जना अधिकृतहरु छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउने काम भइरहेको हुँदा […]
सर्वाेच्च अदालतले मर्यादाक्रम अनुसार कर्मचारीको तलब समायोजन गर्ने परमादेश दिएको छ । यही असार १० गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो सो को पूर्ण पाठ हिजो सार्वजनिक भएको हो […]
मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील […]
नेपाली सेनाका एक लेफ्टिनेण्ट कर्णेल केटीकाण्डमा मुछिएका छन्। लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरा यस्तो प्रकरणमा मुछिएका हुन्। स्रोतका अनुसार उनलाई हाल सैनिक प्रहरीले हिरासतमा राखेको छ। आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित आफूलाई बोलाएको भन्दै महिला (बन्दोबस्ती कार्य सिपाही) ले उजुरी दिएकी थिइन्। त्यसलगत्तै […]
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो । वर्षातको समयमा फैलिन सक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय […]
सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।न्यायाधीशहरु डा मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले गत असार १० मा गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन […]
काठमाडौँ । सिराहाको नरहा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो […]