भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, यातायात कार्यालयमा दुई दिनसम्म सर्भर डाउन हुँदा रोकिएको काम सुरु भएपछि सेवाग्राहीको भीड थामिनसक्नु भएको छ। मंगलबारबाट विभागको सर्भर चल्न थालेपछि ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ। दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो। केन्द्रीय सर्भर डाउन […]

सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा चौधरीलाई […]

सप्तरीको एक नगरपालिकाले बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेटले भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि रु पाँच लाख बजेट खर्च गरिएकामा रु चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले […]

नेपाल निजामती कर्मचारी युनियनले सङ्घीय निजामती ऐन तत्काल ल्याउनुपर्ने माग गरेको छ। लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग गरेको हो। नेपाल निजामती कर्मचारी युनियनले राज्य व्यबस्था समितिका कांग्रेसका तर्फबाट संयोजक दिलेन्द्र प्रसाद बडु र राज्यब्यस्था समितिका सभापति रामहरी खतिवडालाई छुट्टै छुट्टै भेटेर सरकारले सङ्घीय निजामती ऐन […]

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशी  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा  सिफारिस भएका छन् ।गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार सिफारिस सूची प्रकाशित गर्दै यसबारे जानकारी दिएका हुन् । साउन २१ मा अवकाश हुने भए पनि सत्ताको साथले एआइजी बढुवा सिफारिसमा परेका पोषराज पोखरेलको बढुवा प्रक्रिया […]

निजी क्षेत्र कुनै पनि देशको राष्ट्रिय अर्थतन्त्रका दरिला संवाहकहरु हुन् । व्यक्तिगत वा सामूहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ । निजी क्षेत्र कुनै पनि देशको नीति कानून बमोजिम स्थापना भएको उद्यमशील, व्यवसायिक ब्यक्ति वा ब्यक्तिहरुको समूह हो जसको संलग्नता, ब्यापार, ब्यवसाय, वस्तु वा सेवा व्यापार आदिमा रहेको […]

अनेकन बदमासीमा मुछिएका निर्मल पूर्जालाई ‘सुनपानी छर्किएर चोख्याउन’ एकाथरी सांसद,नेता र प्रशासकहरुको चाहना साकार बनाइदिदैंछन् सचिव गणेश पाण्डेले । शंकरदास बैरागी र बैकुण्ठ अर्यालजस्ता अवसरवादी दुई मुख्यसचिवले च्यापेका बागलुङे गणेश पाण्डेले अनेकन बदनामीमा मुछिएका म्याग्दी निर्मल पूर्जालाई जोगाउन अनेकन छलछाम गरिरहेको विवरण फेला पारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनसचिव गणेशप्रसाद पाण्डेयले मन्त्रिपरिषद्मा लैजानुपर्ने […]

न्याय सेवा आयोगले केही उपसचिवको सरुवा र नयाँ उपसचिवको पदस्थापन गरेको छ । सोमबार प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ताको सरुवा गरेको हो । सरुवा भएका उपसचिवतर्फ निधिराज न्यौपाने र उत्तम गौतमको सरुवा गरिएको छ। उनीहरूलाई नेपाल कानुन आयोग र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा गर्ने […]

आज (सोमबार) साँझ मन्त्रिपरिषद्को बैठक डाकिएको । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि बैठक डाकेका हुन् । ओली सरकार आएपछि आजको बैठक तेस्रो मन्त्रिपरिषद् बैठक हुनेछ । बैठकको एजेण्डाहरु हालसम्म नआएपनि केही महत्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) का आकांक्षीहरुको दौडधुप शुरु भएको छ । आफूभन्दा वरिष्ठलाई पछि पार्दै उक्त पद हत्याउन केही प्रतिस्पर्धीले शक्तिकेन्द्र धाउने क्रमलाई तीव्रता दिएको बताइन्छ । यसमा शालिग्राम पराजुलीको दौडधुप अरुको भन्दा बढी देखिन्छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरीहरुमार्फत् प्रयासरत उनी सरकार परिवर्तनपछि एकाएक एमाले नेताहरुको घर धाउन थालेको आरोप […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।