६ महिना नबित्दै उर्जा विभागका महानिर्देशक परिवर्तन भएका छन् । यस अघि गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललाई सरुवा गरेर उर्जा मन्त्री दीपक खड्काले त्यहाँ नविनराज सिंहलाई खटाएका हुन ।सिंहले यस अघि नै दुई पटकसम्म विभागको महानिर्देशकको नेतृत्व गरिसकेका छन् । तेश्रो कार्यकालका लागि उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको हो । […]

बिषय प्रवेश वैदेशिक सहायता विशेषतः गरिव र कमजोर मुलुकको आर्थिक र प्राविधिक क्षमता विस्तार गर्न, लगानीको आवश्यकता र उपलब्ध श्रोतवीचको अन्तरलाई हटाउन,नयाँ पूजी र प्रविधी भित्र्याउन,कमजोर अर्थतन्त्रलाई गतिशिल तुल्याई विकासको गतिलाई तीव्रता दिन तथा उत्पादन र रोजगारी बृद्धि मार्फत गरिवी निवारण गर्न आवश्यक ठानिन्छ । हाल नेपालको कुल वजेटको एक चौथाई वैदेशिक सहायतामा निर्भर रहेको […]

सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सत्ता गठबन्धन फेरिएको मन्त्रालयका सचिवहरुको सरुवा टुंग्याइएसँगै अब सहसचिवहरूलाई सरुवा गर्ने तयारी भइरहेको हो। सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवाको प्रस्ताव लैजाने तयारी गरिरहेको बुझिएको […]

पछिल्लो समय पहुँचका आधारमा प्रशासकहरुले धमाधम राजनीतिक नियुक्ति खान थालेका छन् । जस्तो हालैमात्र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि राजदूत नियुक्ति सिफारिस भएका छन् । यस्तै मुख्य सचिव हुने लाइनमा रहेका तर लोकदर्शन रेग्मीकै कारण मुख्य सचिव बन्ने अवसर नपाएका चन्द्र घिमिरेलाई बेलायमा राजदूत नियुक्ति सिफारिस भएका छन् । पूर्व मुख्यसचिव रेग्मी चाकडी […]

काठमाडौं । अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय विदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् । बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपालको लागि अस्ट्रेलियन राजदूतको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा […]

के निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो ? चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने । केही फष्ट क्लासका अफिसरहरुको जिद्धि उनीहरुले रोजे वा खोजेकै कार्यालय चाहिने […]

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् । कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि […]

मुकेश कुमार यादव/ सिरहा। पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ पालिका हो। यो पलिकाले योजनाहरुको काम सम्पन्न नै नगरी रकम निकाशा दिएको छ। पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरित योजनाका कामहरु सम्पन्न नै […]

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले २१ सचिवहरुको सरुवा गर्दा श्रम सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे । क्याविनेट बैठकमा श्रम मन्त्री शरदसिंङ्ग भण्डारीले सरुवा रोक्ने प्रयास गर्दा समेत केही पार लागेन । सोमबारको क्याविनेट चल्दै गर्दा आफ्ना मन्त्रालयका सचिव सल्लाह विनै झिकेर अख्तियारमा पठाइएसँगै मन्त्री भण्डारीले उपाध्यायले राम्रो काम गरिरहेको बताएका थिए जबाफमा प्रधानमन्त्री […]

सोमबारको क्याविनेटले २१ सचिवहरु यता उता भएका छन् । काँग्रेस एमाले गठबन्धनको सरकार बनेसँगै पहिलो २१ जना सचिवहरु सरुवामा परे,जस्मा अर्थ,उद्योग,खानेपानी,भौतिक,उर्जा,रक्षा,अख्तियार,सामान्य प्रशासन लगायतका सचिवहरु सरुवा भए । सरुवाको सूची अनुसार हालका राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा, अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।