बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले १२ कर्मचारीको काज फिर्ता गरिदिन मन्त्रालयलाई अनुरोध गरेको छ । नगर प्रमुख राजन पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई औपचारिक पत्र लेख्दै २०७८ सालमा लोक सेवा आयोगद्वारा सिफारिस भएर विभिन्न पदमा नियुक्त गरिएका स्थानीय सेवाका कर्मचारीहरूलाई दोहोरो सहमतिका आधारमा मन्त्रालयले अन्य स्थानीय तहमा कामकाजका लागि खटाएकोका उल्लेख गर्दै ती कर्मचारीहरुको काज […]

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहले खटाएको चार महिना नपुग्दै काभ्रे र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई फिर्ता बोलाएर त्यहाँ उमेश ढकाल र सुमन घिमिरेलाई खटाएको हो । गृहले काभ्रेपलाञ्चोकबाट सूर्यप्रसाद सेढाईलाई फिर्ता बोलाएर सहसचिव उमेश ढकाल र धादिङ जिल्लाबाट राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाएर त्यहाँ सुमन घिमिरेलाई खटाएको छ […]

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको परिवर्तन गरेको छ । मन्त्रालयले आज काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो। धादिङका सिडिओ राजेन्द्रदेव पाण्डेलाई तानेर मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ । त्यस्तै काभ्रेपलाञ्चोकका सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सजायसमेत सुनाएको छ। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय न्यायधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो […]

  महालेखा नियन्त्रकको कार्यालयले ठूलो संख्यामा लेखापालहरुको सरुवा गरेको छ । चेक काट्ने अधिकार पाएका लेखाका २६ उपसचिव र ८० जना लेखा अधिकृतहरूको सरुवाको काम टुंग्याएको महालेखाले एकै पटक ४१३ जना लेखापाल र १३ जना सहलेखापालहरुको सरुवा गरेको हो । कार्यालयको गत असोज ११ गतेका निर्णय अनुसार लेखापाल र सहलेखापालहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ […]

यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो। विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले २ गते देखि १० सम्म विभाग तथा मातहतका कार्यालयहरुबाट १२८ […]

काठमाडौं । सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो । बैठकले दुईतीन दिन लगातार परिरहेको भारी […]

गत बिहिबारदेखि परेको अविरल बर्षाका कारण २ अर्ब बढीको पुल र सडकमा क्षती पुगेको प्रारम्भिक अनुमान गरिएकोछ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार,बाढी र पहिरोका कारण ,देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये २३ वटा राजमार्गहरुका विभिन्न ६४ स्थानमा राजमार्गहरु अवरुद्ध भएका हुन । मन्त्रालयका अनुसार,विपी राजमार्गको भुरुङ्गे, माथिल्लो सिस्नेरी, माम्ती, नेपालथोक, मङ्गगलटार लगायतका विविन्न स्थानमा […]

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् । मन्त्री पौडेलले भनेका छन्, ‘देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको […]

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भइ लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।