ललिता निवास जग्गा प्रकरणमा निजामती कर्मचारीवृत्त मात्र दोषी रही सिंगो राजनीतिक वृत्त पानी माथिको ओभानो भएको न्यायीक निर्णय आए पछि यस्ता काममा समस्त निजामती कर्मचारी सजग र सतर्क रहनु पर्ने स्थिति देखा परेको छ। नीतिगत निर्णयको नाममा विद्यमान नीतिहरूलाई अन देखा गरी मन्त्रिपरिषदको नामबाट थप निर्णय गराउदै जाने कार्यलाई गैर कानूनी निर्णय भएको मानिन्छ कि […]

अहिले चर्चामा छ,ललिता निवास जग्गा प्रकरण । विशेष अदालतले यो प्रकरणमा जोडिएका कर्मचारी,विचौलियासहित १२ जनालाई दोषी करार गर्दै राज्यबाट गुमेको जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ । यो प्रकरण आज यहाँसम्म आइपुग्नुमा अधिवक्ता युवराज कोइरालाको जति ठूलो हात र भूमिका छ,त्यति नै ठूलो भूमिका छ पूर्व सचिव शारदाप्रसाद त्रितालको । त्रितालकै नेतृत्वमा ललिता निवास जग्गा […]

  प्रधानमन्त्री निवास रहेकै क्षेत्र (ललिता निवास) वालुवाटारको १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला आएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुने गरी फैसला गरेको हो ।यो प्रकरणमा विशेष अदालतले पूर्व […]

ललितानिवाससम्बन्धि भ्रष्टाचार मुद्दामा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् भने पूर्वसचिवहरु दोषी ठहर भएका छन् । बिशेष अदालतले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रराज जोशीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् । बिशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै दुवैलाई जनही २ […]

सरकारी कर्मचारीहरुले आगामी बर्ष ८८ दिन सार्वजनिक बिदा पाउने भएका छन् । गृह मन्त्रालयले आगामी बर्षको सरकारी तथा सार्वजनिक विदाको सूचना राजपत्रमा प्रकाशित गरेर आगामी बर्षको पर्व तथा सार्वजनिक बिदाको जानकारी दिएको छ । सो सूचना अनुसार आगामी बर्ष शनिवार विदा ५३ दिन परेको छ । यस्तै,यस्तै ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । […]

लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, […]

कास्कीमा एक जना शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ । पोखरा महानगरपालिका ८ स्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतममाथि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोप छ […]

राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले पेश गरेको टिप्पणीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विधि विपरीत हचुवाको भरमा कोही पनि करार र अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएका छन् । पछिल्लो समयमा करार र अस्थायी […]

महालेखा नियन्त्रक कार्यालयका झण्डै दुई दर्जन उपसचिव एकैचोटी सरुवा भएका छन् । कार्यालय मातहत विभिन्न निकायमा कार्यरत तिनको सरुवा गरिएको हो । जसअनुसार विद्युत विकास विभागका भीमप्रसाद रेग्मी खानेपानी तथा ढल व्यवस्था विभागमा सरुवा भएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना,सुर्खेतमा कार्यरत नवराज घिमिरेलाई काठमाडौँस्थित युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा ल्याइएको छ । […]

निलम्बित सचिव मधु कुमार मरासिनीलाई विशेष अदालतले साधरण तारेखमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते नेसनल पेमेन्ट गेटवेसम्बन्धि भ्रष्टाचार मुद्दामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव मधुकुमार मरासिनीसहितलाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो । अख्तियारले यस मुद्दामा मरासिनीसहित निमबहादुर ओली, रामबहादुर बुढा, सफल श्रेष्ठ, सञ्जय शर्मा, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।