सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका छन्। अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका हुन्। राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका […]

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा १०७ जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको छ ।निजामती सेवाका कर्मचारीको संख्या घटाउँदै प्रशासनिक खर्च कटौती गर्ने सरकारकै नीतिविपरीत परराष्ट्र मन्त्रालयअन्तर्गत कम्तीमा १ सय ७ दरबन्दी थप गरिएको हो । जसमा राजदुत(विशिष्ट श्रेणी) १ जना, ११ जना सहसचिव, ३३ जना उपसचिव, ६३ जना शाखा अधिकृत, ५ जना कम्प्युटर इन्जिनियर, ४ […]

सुशासनको चर्को नारा दिइरहेको नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ३ हिनामा पुरा भइसकेको छ । अहिलेसम्म वर्तमान सरकारका स्वयम् प्रधानमन्त्रीससहित मन्त्रिपरिषद्मा सहभागी भएका कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगर्ने पक्षमा छन् । प्रधानमन्त्री र […]

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले करिब साढे २ लाख बराबरको सामान नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा भएको संयुक्त बजार अनुगमनमा करिब २ लाख ३४ हजार मूल्य बराबरको म्याद गुज्रिएका, अखाद्य तथा गैरउपभोग्य सामान बरामद गरि नष्ट गरिएको हो। अनुगमन निरन्तर कार्य भएता पनि दशैं, तिहार लगायतका चाडपर्वमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र […]

खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् । नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन हुँदा समेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नभएको गुनासोपछि मन्त्री यादवले बुधवार मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् । उक्त अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा […]

लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । आयोगले एक सूचना जारी गर्दै अधिकृतदेखि सहसचिवसम्मका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी, स्वास्थ्य सेवाका एघारौं र नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको […]

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन कालीकोटको महावै गाउँपालिकाले थालेको छ। गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका […]

काठमाडौँ । आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् । यस वर्षको दशैँमा झण्डै […]

दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ। दसैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन। मंगलबार सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ। हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ। दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु […]

दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ–आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम शुरु भइसकेको छ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।