पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो। कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी […]

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु […]

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ ५ बजेका लागि बैठक तय भएको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने त्यस्तै केही सहसचिवहरुको समेत सरुवा हुने बताइएको छ । श्रोतका अनुसार दशै भन्दा अगाडि गर्नुपर्ने केही सहसचिवहरुको सरुवा आज […]

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको मुख्य काम भनेको बजार अनुगमन नै हो । अनुगमन चाडवाडमा मात्र होइन नियमित रुपमा गरिने कार्य हो । नियमित अनुगमनका अतिरिक्त चाडपर्वलक्षित कार्ययोजना समेत बनाएका छौं । जसमा दैनिक सात आठवटा टोली बजार अनुगमन गर्नका लागि पठाउने गरेका छौं । त्यस्तै सार्वजनिक विदाको दिन समेत टोली परिचालन गरिरहेका छौं […]

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले आर्थिक चलखेलका आधारमा २७५ जना कर्मचारीहरुको सरुवा गरेपछि आलोचित भएका छन्। २७५ जना कर्मचारीको सरुवा गरेपछि उनी आफैं सरुवाको मुखमा पुगेका छन्। मनपरी ढङ्गले कर्मचारीहरूको सरुवा गरेको आरोप पछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी नै फायर भएका छन् । सम्भवत उनको भोलिसम्ममा […]

विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले आज बिहान अख्तियारमा उजुरी दिएका हुन  । उनले ओलीविरुद्ध छानबिनको माग गर्नुभएको छ । […]

गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहीबार अपराह्न  सिंहदरबारमा बस्दै छ । अपराह्न ३ बजे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बस्ने बैठकमा मध्यअसोजको बाढीपहिरोको क्षतिको समीक्षा गर्दै विपत् संकटग्रस्त घोषित ७१ पालिकामा राहत प्याकेज घोषणा गर्ने एजेन्डा छ। बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको […]

काठमाडौं । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ । सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । नियमावली संशोधन भएपछि सात लाख रुपैंयाँबाट बढाएर १० लाख बनाइएको हो ।वैदेशिक रोजगार बोर्डका अनुसार असोज […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपियाँ रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गते बुधबारसम्म जम्मा भएको रकम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड […]

घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको सातौं दिन बुधबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ । फिल्मले ७ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो । गत […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।