प्रशासन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने निर्णय गरिएको छ। बिहिबार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो। शनिबारदेखि अवकाशमा जान लागेकी उनलाई मन्त्री परिषद्ले बिहिबारै निर्णय गरेर बिदाइ गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले उमेर हदका कारण पदबाट अवकाश लिएकी छन्। गुरागाईं २०७८ माघदेखि स्वास्थ्य मन्त्रालयमा सचिव […]
विभिन्न अनियमितताका पाँच काण्डमा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्यालले बिहिबार बिहानसम्म पनि राजीनामा दिएका छैनन् । मुख्य सचिव बैकुण्ठ अर्याललाई गत आइबार नै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशष्त गर्न निर्देशन दिएका भए पनि उनले अटेरी गर्दै आइरहेका छन् । निजामती कर्मचारीहरुका अभिभावक मानिएका मुख्य सचिव बैकुण्ठ टेरामक्स प्रकरण, सुरक्षण मुद्रण घोटालामा जोडिएका विकल पौडेलसँगको अस्वभाविक […]
सार्वजनिक प्रशासनको अवधारणा शुरु भएको धेरै भैसक्यो । यसमा धेरै परिवर्तनहरु समेत आए । यसका विचारक र बौध्दिक व्यक्तित्वहरु पनि धेरै जन्मे ।यसको झझल्को नेपालमा पनि देखिन थाल्यो ।पूर्व राणाकाल राणाकाल पंचायतकाल बहुदल र संघीयताको सन्दर्भमा प्रशासनिक विकास हुदै पनि गए । यसमा धेरै आरोह अवरोहहरु पनि आए । यिनै पृष्ठभूमीमा नेपालको प्रशासनिक क्षेत्रमा आशालाग्दो […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद जोशीले हिजै पदभार ग्रहण गरिसकेका छन् । १३ बर्ष पछि दोश्रो पटक मन्त्रीका रुपमा उनी सिंहदरबार भित्रिएका छन्,यस अघि झलनाथ खनालको क्याविनेटमा उनी वन मन्त्रीको जिम्मेवारीमा थिए । जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि […]
सडक नै नभएको खोलामा पक्की पुल बनाएर सरकारी सम्पत्ति दुरुपयोग गरेको भ्रष्टाचार मुद्दामा गण्डकी प्रदेशका मन्त्रालय सचिव तथा उपसचिवसरहका दुई कर्मचारीले सफाइ पाएका छन् । एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले मंगलबार फैसला सुनाउँदै सफाइ दिने फैसला गरेको हो । गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका– ५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा रकम […]
सत्ता साझेदार दलहरुबीच १७ मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । जसमा तीन उपप्रधानमन्त्री हुनेछन । एमालेको तर्फबाट सरकारको नेतृत्व रघुबीर महासेठले गर्दैछन् । उनलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा पठाइने भनिएका पदम […]
नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । गठबन्धन दलहरुबीच नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। जसअनुसार माओवादीले परराष्ट्रसहित अर्थमन्त्रालय पाउने सहमति भएको छ भने एमालेलाई भौतिक पूर्वाधार मन्त्रालय दिइने भएको हो । यस्तै रास्वपाका सभापति रवि लामिछाने पुन उपप्रधान तथा गृह […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि दरखास्त आह्वान गरेको छ । जापान सरकारद्धारा उपलव्ध हुने दुई बर्षे मास्टर डिग्री कार्यक्रमका लागि योग्यता पुगेका र इच्छुक निजामती कर्मचारीहरुबाट दरखास्त आवेदन आह्वान गरिएको हो । इच्छुक र योग्य निजामती कर्मचारीले आगामी चैत्र ९ गतेभित्र आवेदन पेश गर्न भनिएको छ । सूचना […]
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन् । हालैमात्र संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रति आपत्ति जनाउँदै सञ्जालले आन्दोलनका लागि तयारी अवस्थामा रहन कर्मचारीहरुलाई अपिल गरेको […]
जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०७२ सालमा महानगरपालिकामा कानुन अधिकृत बनेर सेवा प्रवेश गरेँ । लोकसेवा लडेर नाम निकाल्नु मेरो कमजोरी हो ? लोकसेवाले २ जना कानुन अधिकृतसहित ४८ जना कर्मचारी मागेको थियो । महिला र खुला कोटामा नाम निकालें । त्यसअघि औषधि व्यवस्था विभागमा केही समय काम गरेको थिएँ । […]