शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो । शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा […]

गृहसचिव एकनारायण अर्यालले आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुको साथै प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएका छन् । गृहसचिव अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित […]

गएको तनावमुक्त बन्न तर वातावरण बन्यो एकाएक कोलाहलपूर्ण ! मीनभवनको घटनालाई पनि माथ खुवाउने गरी अर्काे काण्ड घटेको थियो केन्द्रीय बैंकमा । यौन दुर्व्यवहार प्रकरण घटेको दुई महिना पछि उक जना हाकिमलाई केन्द्रीय बैंकले बर्खास्त गरेको छ । मदहोसीमा दुई वटा सरकारी निकायका उपल्ला तहका हाकिमहरुले गरेको बदमासीले अहिले सिंगै कर्मचारीको शीर गिर्ने अवस्था आएको […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरेर पठाउन मन्त्रालय,सचिवालय,आयोग,सबै कार्यालयहरुलाई परिपत्र गरेको छ । मन्त्रालयको जनशक्ति,योजना तथा विकास शाखाले थाइल्याण्ड सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई प्रदान गरिने व्याचलर, मास्टर्स डिग्री र डक्टरेट डिग्री प्रोग्राममा जान इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूव एशिया तथा प्रशान्त […]

काठमाडौं । मोटरसाइकललाई कारले ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु भएको छ ।आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक तिलक बहादुर रावतको मृत्यु भएको हो । बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको मझगावास्थित मालपोत […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सोमबार रौतहटको ​ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा चलाएको हो । आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध पनि मुद्दा दायर गरेको छ । आधारभूत […]

सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा […]

सडक दुर्घटनामा परि एक उपसचिवको मृत्यु भएको छ। गएराति भैरहवामा भएको दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुखको मृत्यु भएको हो । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

अर्थमन्त्री वर्षमान पुनले सचिव,सहसचिवहरुको टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । अर्थमन्त्री बर्षमान पुनले विदेश भ्रमणमा नजानु भन्दाभन्दै सचिव कृष्णहरि पुष्कर अटेरी गरेर १० दिने विदेश भ्रमणमा निस्किएसँगै उनलाई हटाउने तयारी गर्दैछन् मन्त्री पुन । अर्थ स्रोतका अनुसार सचिव कृष्णहरि पुष्कर जसरी सामान्य प्रशासनबाट सरुवा भएर अर्थमा भित्रिएका थिए उसैगरी बाहिरिँदै छन् ।यस अघि […]

ठेक्कापट्टामा जोडिएका एक जना अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । कार्यालयमा हाजिर गरेर छुट्टै निर्माण कम्पनी खडा गरी ठेक्का पट्टा समेत गर्दै आएका नेपाल टेलिकमका अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ । यसरी अख्तियारले प्रतिवादी बनाएको अधिकृत हुन निर्मलप्रसाद सिटौला । उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।