सरकारी निकायमा आफू प्रतिकुलका स्थायी नियुक्ति लिएका कर्मचारीलाई जिम्मेवारविहिन बनाउने र अनुकुलका करारका कर्मचारीलाई एक,दुई वटा होइन तीन तीन वटा शहरी आयोजनाको जिम्मेवारी दिएर भ्रष्टाचार गरेको पाइएको छ । आफू अनुकुलका करारमा कर्मचारी नियुक्त गरी कुन हदसम्म भ्रष्टाचार हुन्छ भन्ने एउटा उदाहरण देखिएको छ,काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण […]

सरकारी सेवा प्रवेश गरेको २१ बर्षको अवधिमा शाखा अधिकृतसँग झण्डै ३ करोड २१ लाख रकम श्रोत नखुलेको सम्पत्ति देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नयाँ शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीलाई प्रतिवादी बनाएर आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । कार्कीले सरकारी […]

सरकारी निकायले सरकारी स्रोतको कसरी दुरुपयोग हुन्छ भन्ने सरकारी कर्मचारीले भत्ताका लागि बस्ने बैठक बस्दै आएका छन् कतिपय निकायमा । भत्ताकै लागि कार्यालय समयभन्दा अगाडि र पछाडि बैठक बस्ने वा कार्यालय समयपछि बैठक बसेर भत्ता बुझ्दै आएका छन्,सरकारी कर्मचारीहरुले । यस्तै मनपरीतन्त्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगाम लगाउने भएको छ । मन्त्रालयले  बिदा वा काजमा […]

आज बसेको मन्त्रिपरिषद्को बैठकले एक जना सचिवको राजीनामा स्वीकृत गरेको छ भने अर्का एक सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त सदस्यहरुमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गरेको छ । यस्तै श्रम सचिव केवल भण्डारीको राजीनामा स्वीकृत […]

मन्त्रिपरिषद्को पुर्नगठनसँगै केही सचिवहरु फेरि भकुण्डो बन्ने भएका छन् । प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गरेको दोश्रो साता नै गृहका सचिव परिवर्तन भएका थिए । आज पुर्नगठित मन्त्रिपरिषद्को चौथो बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकिएको बैठकले अन्य निर्णयका साथै केही सचिवहरु समेत परिवर्तन गर्ने तयारी भइरहेको छ । आज बसेको […]

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विद्येयक हुबहु पारित नहुने बताएका छन् । विद्येयक पास गर्ने सबालमा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको बताउँदै खतिवडाले संघीय निजामती ऐन पर्याप्त छलफल गरेर मात्र पारित हुने र विद्येयकका बिषयमा विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विगतमा स्थानीय तहमा भएको कर्मचारी खटछनपटनप्रति असन्तृष्टि पोखेका छन् । मुलुक संघीयता प्रवेश गरेपछि तत्कालीन मन्त्री लालबाबु यादवको समयमा ०७६ चैतमा कर्मचारी समायोजन पूरा भएको घोषणा गरिएको थियो । त्यतिखेर मन्त्रालयले स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरेको जनाएको थियो । यस्तै प्रदेशमा […]

निजामतीमा लफडा छ, पाका र तन्नेरीहरूको । खरिदारबाटै सेवा प्रवेश गरेर सहसचिव भएका प्रशासकहरू चाहन्छन्, अतिरिक्त सचिवको व्यवस्था तर प्रदिप परियारको शैलीमा एकै पटक अधिकृतबाट सहसचिव बनेकाहरू यो व्यवस्था राख्न चाहँदैनन् । जनताको काम कम, पढेर एकै पटक माथि पुगेका प्रदिप परियार, भुपाल बराल, खुमराज कोइराला,उत्तर खत्री जस्ता टिम र अर्थ र प्रधानमन्त्री कार्यालयकै सहसचिवहरुको […]

मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मन्त्रीपरिषद्मा प्रश्न उठाउने बताएका छन् । मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोपबारे मन्त्रिपरिषद्मा प्रश्न उठाउने बताएका हुन् । उनले बुधबार संसद् […]

नेपाल सरकारका अधिकृतहरुले बृद्ध बृद्धा तथा असाहय कल्याण आश्रम, भगवाननगरलाई १ लाख ३० हजार १ सय ३५ रुपैंया सहयोग गरेका छन् । व्याट ३६ का अधिकृतहले पहिलो बार्षिकोत्सवको अवसरमा उक्त संस्थालाई सहयोग गरेका हुन । उक्त सहयोग रकम व्याट ३६ का शाखा अधिकृतको तर्फबाट कोष तथा लेखा नियन्त्रण कार्यलय, पर्साको लेखा अधिकृत मनिसा कुमारीले ठोरी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।